के हो सी डिसाईड्स् अभियान ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

के महिलाले कसैको प्रश्न विना आफ्नो शरिर र भविष्यको निर्णय गर्न सक्छिन ? हाम्रो जस्तो पृत्ति सत्तात्मक देशमा यसको जवाफ दिन धेरैलाई मुस्किल पर्न सक्छ । मुस्किलै नपरे पनि धेरैको जवाफ हुन सक्छ सक्दिनन् । हुन त विकसित देशहरुमा पनि महिलाले गर्ने कुनै निर्णयमाथि प्रश्न नउठ्ने भने होइन् ।
तर, भीडले दिने यस्तो जवाफमा कुनै सत्यता छैन । किनकी महिला आफैँले पनि आफ्ना लागि केही गर्न सक्छिन् र सक्ने छिन् । तर यो बुझ्न र बुझाउन भने विश्व भर नै चुनौती छ ।
महिलाले आफ्नो शरीर, जीवन र भविष्यको निर्णय गर्न सक्छिन् भनेर बुझाउन कै लागि अहिले विश्वमा सी डिसाईड्स् अर्थात उनी निर्णय गर्न सक्छिन् भन्ने अभियान सुरु भएको छ ।
कसैको प्रश्न विना महिलाले आफ्नो शरीर, आफ्नो जीवन र भविष्यमा के गर्ने भन्ने बारे निर्णय गर्न सक्छिन् भन्ने सन्देश दिँदै अभियान विस्तार हुँदैछ ।
यो अभियान हरेक युवती र हरेक महिलाको अधिकारका लागि विश्वासका साथ एकताबद्ध छ । यसले जुनसुकै कुरामा पनि महिलाले निर्णय आफैँले गर्नुपर्छ भन्नेमा जोड दिन्छ ।
यो अभियानको मुख्य उदेश्य भनेको महिलाले आफ्नो शरीर र आफ्नो हक अधिकारमाथि जानकारीसँगै पहुँच पनि बनाउनु पर्छ भन्ने पनि हो ।
महिलाको अधिकारको सम्मान गर्नाले उसको स्वास्थ्य स्वस्थ हुनुका साथै र भविष्य समेत उज्जवल हुने अभियानको विश्वास छ । महिलाको अधिकारका विषयमा जोड दिँदै आएको यो अभियान मानवअधिकारप्रति प्रतिबद्ध छ । कुनै पनि भेदभावको विरोध गर्ने अभियानको आचारसंहितामा नै उल्लेख छ ।
अमेरिकामा महिलाको शरीरमाथि राज्यले अनेक प्रतिबन्ध लगाउन थालेपछि शुरु भएको थियो – सी डिसाइड्स् अभियान । अमेरिकामा मेक्सिको सिटी पोलिसी भने लागू गरिएको यो नीतिले महिलाको गर्भतपन गराउने अधिकारलाई बन्देज लगाएको थियो ।
यो नीतिले अमेरिकासँगसँगै विश्वका अन्य देशसमेत प्रभावित भएका थिए । यो नीतिका कारण अन्य देशमा महिला स्वास्थ्यका लागि काम गर्ने संघसंस्थालाई दिइने अनुदानमा समेत असर पर्यो ।
यस्ता क्षेत्रमा काम गर्ने संघ संस्थालाई शर्त नै राखिएको थियो कि– गर्भपतन सेवा प्रदान गर्न नपाईने, बिरामीलाई गर्भपतनको विकल्पबारे सल्लाह सुझाव दिन नपाइने र गर्भपतनसँग सम्बन्धित कानुनको समर्थनमा धारणा राख्न नपाइने ।
महिलाको अधिकार हनन गर्ने यस्तो मेक्सिको सिटी पोलिसीलाई आलोचकहरुले ‘ग्लोबल ग्याग रुल’ को नाम दिएका थिए । त्यसैले यो नीतिलाई ‘ग्लोबल ग्याग रुल’का रुपमा समेत चिनिन्छ ।
रिपब्लिकन पार्टीबाट अमेरिकाको राष्ट्रपति बनेका रोनाल्ड रेगनले सन् १९८५ मा यो नीति लागू गर्नु भएको थियो । तर यो नीति १९९३ मा डेमोक्र्याटिकबाट राष्ट्रपतिमा निर्वाचित बिल क्न्टिनले खारेज गर्नुभयो ।
तर, राष्ट्रपति जर्ज डब्लुु बुसको पालामा सन् २००१ मा फेरि यो नीति आएको थियो । तर सन् २००९ मा बाराक ओबामा राष्ट्रपति बने पछि यो नीति खारेज भयो ।
ओबामाको कार्यकाल पछि राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले सन् २०१७ यसलाई फेरि ब्युँत्याउनुभयो । ट्रम्प पछि अमेरिकी राष्ट्रपति बनेका जो बाइडेनले अहिले यो नीति खारेज गर्नु भएको छ ।
यो श्रृंखलालाई हेर्दा अमेरिकामा रिपब्लिकन पार्टीले गर्भतनसम्बन्धि अधिकारलाई बन्चित गर्न खाजेको देखिन्छ भने डेमोक्र्याटिक पार्टी महिलाको प्रजनन् स्वास्थ्यको पक्षमा उभिएको देखिन्छ ।
सन् २०१७ को जनवरीमा त्यतिबेलाका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो नीतिलाई पुर्नसथापना गरे पछि यस विरुद्ध अधिकारकर्मीहरुले विरोध सुरु गरेका थिए । फलस्वरुप ः त्यहि वर्ष अर्थात सन् २०१७ को मार्च २ तारिखमा सी डिसाइड्स् सम्मेलन भएको थियो ।
अमेरिकी सरकारको यो नीति विरुद्ध नै पहिलो पटक सन् २०१७ को मार्च २ तारिखमै अन्तराष्ट्रिय सी डिसाईड्स् सम्मेलन भएको थियो । त्यस पछि अभियानले महिला र युवतीले पनि आफ्ना लागि निर्णय गर्न सक्छन् भन्ने सन्देश विश्वभर फैलाउन विभिन्न कार्यक्रम गर्यो ।
अभियानले विश्व राजनीतिमा समेत महिलाले आफ्नो शरीर, आफ्नो जीवन र भविष्यका लागि आफैँ निर्णय गर्न सक्छिन्, त्यो पनि विना कसैको प्रश्न भन्दै ध्यानाकर्षण समेत गराउँदै आएको छ ।
सन् २०१७ को मार्च २ तारिखमा एक दिनका लागि सुरु भएको अभियान अहिले विश्वभर नै फैलिदो छ । अहिले यो अभियान २७ देशमा सञ्चालित छ । विश्वका धेरै महिलाका क्षेत्रमा काम गर्ने संघसंस्थासँगै महिला तथा युवती अभियानमा जोडिदै छन् ।
अहिलेसम्म एक लाख भन्दा धेरै जना यो अभियानमा जोडिसकेका छन् । अभियान अन्तरगत हरेक वर्षको मार्च २ तारिख विभिन्न कार्यक्रम समेत हुने गरेको छ ।
नेपालमा भने सन् २०१९ देखि यो अभियान सुरु भएको छ । ‘भिजिबल इम्प्याक्ट’, ‘बियोन्ड बेइजिङ कमिटी’ र ‘राइट हियर राइट नाउ नेपाल’ले यो अभियानको मुख्य सदस्यको रुपमा काम गर्दै आएको छ ।
अहिले विशेषगरी यो अभियानले लैंगिक हिंसा, किशोर यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित मातृत्वका क्षेत्रमा काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *