काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

Share it with you friends

मंसिर २७, २०७९

काभ्रे — जिल्लाको बेथानचोक–४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बा ३ ख ४३८५ नम्बरको बस मंगलबार साँझ ६ बजेतिर दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने कम्तीमा २२ जना घाइते भएका छन । मृतकको पहिचान भने हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेशम बोहोराका अनुसार अहिलेसम्म २२ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ । उहाँका अनुसार शिर मेमोरियलमा ९ जना, मध्यपुर अस्पतालमा १ जना, काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा २ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र धुलिखेलमा ९ जनाको उपचार जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *