सामुदायिक साना किसान कृषि सहकारी संस्था नलाङको अध्यक्षमा पुनः सिंखडा

Share it with you friends

धादिङ, । सामुदायिक साना किसान कृषि सहकारी संस्था लिमिटेड नलाङको अध्यक्षमा पुनः तिलक सिंखडा चयन हुनुभएको छ । संस्थाको १५ औँ साधारण सभा तथा चौथो अधिवेशनबाट पुनः सिंखडाको अध्यक्षतामा आगामी ४ बर्षका लागि १५ सदस्यीय सञ्चालक समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा देवकी सिलवाल चयन हुनुभएको छ । त्यस्तै इश्वरी अर्यालकोे संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरिएको छ । संस्थाका अध्यक्ष सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल कृषी सहकारी केन्द्रिय संघका अध्यक्ष एवम साना किसान विकास लघुबित्त बित्तिय संस्थाका केन्द्रिय अध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि पाठकले आर्थिक विकास र समृद्धका लागि सहकारीको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । सो क्रममा उहाले सहकारीको पुंजीलाई उत्पादनसंग जोड्न सके मात्र शेयर सदस्यको जिवनस्तर सुधार हुने बताउनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीको निती, सिद्धान्त, मर्म अनुरुप संचालन भए मात्र शुशासन कायम हुने र शेयर सदस्यको विश्वास जित्न सकिने बताएका थिए ।
कार्यक्रमको अवसरमा संस्थामा आबद्ध २ सय २५ जना असल ऋणी सदस्यलाई संस्थाको लोगो अंकित टिसर्ट वितरण गरिएको थियो भने व्यवसायिक किसानलाई सम्मान समेत गरिएको थियो । २ हजार ३८ शेयर सदस्य रहेको सहकारी संस्थाले आर्थिक वर्ष २०७८।०७९ मा ३ करोड २३ लाख ९५ हजार आम्दानी र २ करोड २६ लाख ४३ हजार खर्च गरि ९७ लाख ५२ हजार नाफा आर्जन गर्न सफल भएको सहकारीकी प्रबन्धक अम्बिका सिलवालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *