चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयको २५ औं बार्षिक उत्सवका अवसरमा बजारक्षेत्रमा सरसफाई

Share it with you friends

धादिङ । चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालयको २५ औं बार्षिक उत्सवका अवसरमा सोमबार विहान धादिङबेसी बजार क्षेत्र सरसफाई गरीएको छ । विद्यार्थीहरुलाई सामाजिक काममा अग्रसर गराउनुका साथै बजार क्षेत्रलाई स्वच्छ र सफा बनाउने उद्देश्यले विद्यालयको बार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा सरसफाई गरीएको विद्यालयका प्रधानाध्यापक षष्टि कुमार श्रेष्ठले बताउनुभयो । सोमबार विहान भएको सरसफाई कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रेष्ठ, संयोजक शशी अर्याल लगायत शिक्षकहरुको नेतृत्व र विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । यस क्रममा बजार क्षेत्रको विच बजार, शान्त बजार, पुछार बजार, सिरान बजार लगायतको बजार क्षेत्र भित्र सरसफाई गरीएको हो । यस्तै २५ औं बार्षिक उत्सव तथा रजत जयन्तीको अवसर पारेर माघ १० गते बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना र ११ गते लोकनृत्य प्रीतयोगिता, बधाई र सम्मान कार्यक्रमको आयोजना साथै माघ १२ गते बिहिबार पुछार बजारबाट ¥याली सहित विद्यालयमा पुगेर अभिभावक नृत्य तथा सम्मान कार्यक्रम गरिने विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *