मदन भण्डारी स्पोर्टस् एकेडेमीको शानदार सुरुवात, सुदूरपश्चिम–११ पराजित

काठमाडौं । तेस्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौंले शानदार सुरुवात गरेको छ । प्रकाश बुढाथोकीले २ गोल, विश्व अपधकारी, दिपेश आले र विदेशी खेलाडी अव्बालले समान एकरएक गोलको सहयोगले मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौंले सुदूरपश्चिम–११ लाई ५–१ को फराकिलो गोल अन्तरले हरायो । सुदूरपश्चिम–११ का प्रणय अन्जनले एक सान्त्वना

Read more

बन्द भएको बलेवा विमानस्थल २६ वर्षपछि अाजदेखि सुचारु

बागलुङ । बन्द भएको २६ वर्षपछि बागलुङकाे बलेवा विमानस्थल आजदेखि  सञ्चालनमा आएको छ । २६ वर्षपछि तारा एयरलाइन्सको ट्विनअटर विमानले अाज काठमाडाैं–बागलुङ  व्यावसायिक उडान गरेको हो । पन्ध्र यात्रु बाकेर काठमाडौंँबाट उडेको विमान ३८ मिनेटमा बलेवा विमानस्थलमा अवतरण गरेको थियो । विसं २०४८ पछि पहिलो पटक यात्रुसहित ओर्लेको विमान हेर्न सयौंँको भीड लागेको थियो ।

Read more

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : मृतक एकको सनाखत, घाइतेको उपचार हुदैं

मेलम्ची । काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस शुक्रबार दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ । आज दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२ तामाखानीमा बस दुर्घटना भएको मेलम्ची इलाका प्रहरी कार्यालयले जनाएको छ । आमाहेल्मो यातायातको बा३ख ४३२५ नंको बस दुर्घटनामा मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजाको मात्र सनाखत भएको

Read more

पति र परिवारले रुखमा बाँधेर निर्घात कुटपीट गर्दा, सिंगो गाउँ रमिते बन्यो

काठमाडौं । केही दिन अघि कैलालीमा बोक्सीको आरोपमा एक युवतीमाथि निर्घात कुटपीट भयो । जसको तमाशा सिंगो गाउँ बन्यो । कसैले घटना रोक्न प्रयत्न भने गरेन, बरु उल्टै ताली बजाए । नेपालको यो घटना सेलाउन नपाउँदै छिमेकी राष्ट्र भारतमा पनि महिला माथि यस्तै हिंसा भएको खबर सार्वजनिक भएको छ । एक महिलालाई रुखमा बाँधेर निर्घात

Read more

बहु भाषिक कविता बाचन कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व कविता दिवसको अवसरमा नेपालमा रहेको ब्राजिल राजदूतावास र लिजः कविता दबूको संयुक्त आयोजनामा बहु भाषिक कविता बाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपालका लागि ब्राजिलका राजदूत मरिया सेरेसा ,ं भारतीय राजदूतावासका रघुवीर शर्मा , यूनेस्कोका श्रीजना चौधरी, युवेन सी , अभय कुमार सहित विभिन्न कुटनीतिक नियोगका प्रतिनिधीहरुले कविता वाचन गरेका छन्

Read more

५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

बर्दिया । बर्दियामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक १७ वर्षीय युवक पक्राउ परेका छन्। बर्दियामा चैतबढैयाताला गाउँपालिका–७ कृष्ण थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत बिहीबार बालिकालाई जबरजस्ती करणी गरेको आफन्तको उजुरीमा थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read more

नेपालमा दैनिक २५ देखि ३० भूकम्पका पराकम्प, कुन जिल्लामा धेरै जान्छ भूकम्प ?

काठमाडौं  । नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका पराकम्प जाने गरेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार २०७२ वैशाख १२ गतेपछि दैनिक २५ देखि ३० वटा पराकम्प जाने गरेको हो । गोरखा केन्द्रविन्दु भएर भूकम्प गएदेखि हालसम्म नेपालमा साना ठूला ४५ हजार पराकम्प गएको छ । जसमध्ये चार रेक्टर स्केलभन्दा ठूला ४९१

Read more

मान्छे बेच्ने वडाध्यक्षलाई ३७ वर्ष कैद

नुवाकाेट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो । तामाङसहित उनका सहयोगीहरु सोही स्थानका शुकमान

Read more

सिन्धुपाल्चाेकमा वस दुर्घटना , तीन जनाको घटनास्थलमै मृत्यु

काठमाडाैं । काठमाडौबाट सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना भएको छ । उक्त बस दुर्घटनामा परी  तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको  छ । मेलम्ची नगरपालिका १२ को चारघरे भन्ने स्थानमा बा२ख ४३२५ नम्बरको बस दुर्घटनामा परेको हो । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Read more

९ कक्षा फेल नै हुन् त परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ?

काठमाडौं । आर्थिक विषयमा कलम चलाउने राजनीतिक विश्लेषक अच्युत वाग्लेको ट्वीटका कारण अहिले बौद्धिक क्षेत्रमा एक किसिमको हलचल नै उत्पन्न गराएको छ । नेपाल राष्ट्र बैंक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतमा सल्लाह सुझावसमेत दिएर काम गरिसकेका उनले नेपालका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबारे नयाँ तथ्य बाहिर ल्याए । जसले बौद्धिक जमातको मानसपटललाई हल्लाएको छ

Read more