सुर्ती बालीबाट राम्रो आम्दानी हुने भन्दै चन्द्रपुर नगरपालिका का अधिकांश किसान सुर्ती खेति तर्फ आकर्षित

२६, कात्तिक मंगलबार  २०७६       सुर्ती बालीबाट आम्दानी राम्रो हुने भन्दै चन्द्रपुर नगरपालिका पौराईका अधिकांश किसान सुर्ती खेति गर्न उन्मुख भएका छन् । खरिदको जिम्मा कम्पनीले नै लिने,दुई साता भित्रै भुक्तानी पाउने भएपछि उक्त क्षेत्रका अधिकांश किसान सुर्ती खेति तर्फ उन्मुख भएका हुन् । उक्त क्षेत्रका अधिकांश किसानले आफुसंग भएको पा“च–सात का जमिनमा पनि सुर्ती

Read more

नवज्योति बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको १३औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 २४ कात्तिक २०७६  – धादिङको धुनिबेशि नगरपालिका वडा नम्बर ६ धार्केमा रहेको नवज्योति बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको १३औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बार्षिक साधारणसभामा बिभिन्न क्षेत्रमा सक्रिय ब्यक्तित्वहरुलाई सम्मान तथा प्रसँशा पत्र समेत बितरण गरिएको थियो । १३औँ बार्षिक  साधारणसभा कार्यक्रममा सहकारीमा आबद्ध भएका ब्यक्तिहरुको छोराछोरीहरुले शैक्षिक क्षेत्रमा पाएको उत्कृष्टताको आधारमा सम्मान

Read more

साल्भेसन मिसन सामुदायिक पुनस्थापना तथा रोजगार बिकास कार्यक्रम उद्घाटन

  ५ कार्तिक २०७६ थाक्रे –   गैर सरकारी सँस्था साल्भेसन मिसन नेपालको साल्भेसन मिसन सामुदायिक पुनस्थापना तथा रोजगार बिकास कार्यक्रम उद्घाटन गरिएको छ । भुकप्प अति प्रभावित समुदायका मानिसहरुलाई सिपमूलक तालिम दिएर जीवनस्तर बृद्धि र दिगो बिकास गर्ने उदेश्यका साथ धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ सनसाईन ईन होटलमा एक कार्यक्रमकाबिच उद्घाटन गरिएको हो । कार्यक्रममा

Read more

धुनीबेसी नगरपालिका वडा नं ४ मा रहेको कालिका आधारभूत विद्यालयमा डिजिटल प्रविधि (ई–पाठशाला) तालिम सम्पन्न

०१  कार्तिक, २०७६   –   धादिङको धुनीबेसी नगरपालिका वडा नं ४ मा रहेको कालिका आधारभूत विद्यालयमा डिजिटल प्रविधि (ई–पाठशाला) तालिम सम्पन्न भएको छ २०७६ असोज २९ गते देखि शुरु भएको तालिम कार्तिक १ गते सम्म सन्चान्लन भएको थियो। कालिका आधारभुत बिधालय मा अध्यापन गराउने चार जना शिक्षकहरु सहभागी भएको तालीममा ओल नेपाल का कार्यक्रम तालीम सम्योजक शिशिर पान्डे

Read more

स्याङ्जामा फौजी किराले मकै बाली सखाप

  ३०असोज २०७६, स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकामा अमेरिकन फौजी किरा देखापरेका छन्। करिब एक सातादेखि अन्नबालीमा फोैजी किराको आक्रमण देखिएको हो। मकैका पात, डाँठ, किराले खाएर सबै धुजाधुजा बनाएको छ। सिंगो पात त एउटा पनि छैनन्। रातभरमा सिंगो गह्राको धान नै सक्ने गरी फोैजी किराको आक्रमण बढेको स्थानीयको भनाइ छ। यहाँका किसानले लगाएको बेमौसमी

Read more

हेलिकप्टरबाट महिलाको उद्धार गरियो

२८, असोज  २०७६  – मृत शिशुलाई जन्म दिएर थला पर्नुभएकी रुकुमपूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी ३१ वर्षीया सरलमाया पुनको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहकार्यमा हेलिकप्टरबाट सोमबार पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताउनुभयो । यही असोज १७ गते स्वास्थ्यचौकी मैकोटमा मृत शिशुको जन्म

Read more

रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडकको स्तरोन्नति तिहारपछि मात्रै

२८ असोज २०७६, मंगलबार । चीनसँगको अन्तर्रा्ष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकको स्तरोन्नति तिहारपछि मात्रै हुने भएको छ । निर्माणको जिम्मा पाएको टिबेट थियानलु कम्पनी लिमिटेडले दशैँ र तिहारको समयमा काम नगर्ने भन्दै आफ्नै देश फिर्ता भएको छ । कामले तिहारपछि निरन्तरता पाउने छ । टोलीले केही समयअघि सडक स्तरोन्नतिको सुभारम्भ गरेको थियो । चिनियाँ

Read more

भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि साउदी अरबद्वारा नेपाललाई ३ अर्ब ४० करोड सहुलियत ऋण प्रदान

२४ असोज २०७६ । साउदी फण्ड फर डेभलप्मेण्टले नेपाललाई ३ अर्ब ४० करोड रुपैयाँ सहुलियत ऋण प्रदान गरेको छ । साउदी फण्ड फर डेभलप्मेण्टले भूकम्पबाट क्षतिग्रस्त निजी आवास, शैक्षिक संस्था तथा स्वास्थ्य केन्द्र पुनर्निमाणका लागि नेपाललाई सहुलियत ऋण उपलब्ध गराएको हो । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा यससम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री

Read more

चिनियाँ राष्ट्रपति सीको भ्रमणबारे प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीसहित परराष्ट्रविदहरुसँग छलफल

२३, असोज  २०७६ ।     चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी हुनुहन्छ ।

Read more

दशैँमा आफन्तलाई कोसेली स्याउ

२३, असोज  २०७६ ।    दार्चुला अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीले दशैँमा आउने आफन्तजनलाई स्याउ कोसेली दिने गरेका छन् । बारीभरि लटरम्म फलेका स्याउ बिक्री गर्न बजार नपाएपछि घरमा आउने आफन्तलाई स्याउ कोसेली दिने गरेका हुन् । धामीले यसअघि दार्चुला सदरमुकाम खलङ्गामा भएको एक कार्यक्रममा झण्डै दुई सय दाना स्याउ निःशुल्क वितरण गरेका थिए ।

Read more