सल्यानको टिमुरतेल विदेश निर्यात

२१ भदौ, २०७६ । सल्यान जिल्लामा उत्पादन हुने टिमुरको तेल विदेश निर्यात हुन थालेको छ। विगत तीन वर्ष यता जिल्लामा उत्पादन हुँदै आएको टिमुरको तेल भारत, फ्रान्स, जर्मनीलगायत देशमा निर्यात हुन थालेको छ। जिल्लाको शारदा नगरपालिका–१५ मा रहेको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरलाई प्रशोधन गरेर तेल निकाल्दै आएको छ। उद्योगले टिमुरको तेल प्रतिकिलो १० हजारदेखि १३

Read more

युवा कथाकार रामकृष्ण आचार्यको कथा संग्रह “आदिबिम्ब” बजारमा ।

भरत रेग्मी धादिङ असोज १९ । युवा कथाकार रामकृष्ण आचार्य ‘विशेष्य’ द्वारा लिखित कथा संग्रह “आदिबिम्ब” बजारमा उपलब्ध भएको छ । अन्य लेखकहरुको दृष्टि नपरेको “राउटे” जाति विशेष माथि कथाकार ‘विशेष्य’ ले आफ्नो कलम चलाएका छन । अन्य कथा संग्रहमा रहेका भन्दा फरक खालका कथाहरुले पाठकको ध्यान केन्द्रित गर्न आफुले आफ्नो कृतिमा सिमान्तकृत तथा लोपोन्मुख

Read more

शक्ति देखाउन भन्दै कर्णालीमा दुई धामीले हामफाले, एकको मृत्यु, एक बेपत्ता

बाजुरा,१६ वैशाख  । आफूमा दैवी शक्ति प्राप्त भएको भन्दै शक्ति देखाउन आइतबार कणाली नदीमा दुई जनाले हामफालेका छन् । नदीमा हामफाल्दा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । विहान शक्ति देखाउँछु भन्दै बाजुराको जगन्नाथ गाँउपालिकाका ६१ वर्षका मान सिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रमुख प्रहरी निरीक्षक

Read more

कर्णाली प्रदेशको बजेटमाथि सत्ता पक्षकै सांसदहरुको कटु आलोचना, आर्थिक मन्त्रीमाथि आरोपै-आरोप

सुर्खेत, १५ वैशाख । कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममाथि शुक्रबार प्रदेश सभा सदस्यहरुले कटु आलोचना गरेका छन् । सभाको सोह्रौँ बैठकमा बिहीबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश विनियोजन विधेयक, २०७५ पेश गर्नुभएको थियो । जसअन्तर्गत उहाँले रु एक अर्ब दुई करोड पाँच लाखको बजेट विनियोजन गरेको बजेट

Read more

डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, १६ घाइते

डोटी, ८ वैशाख । डोटीको शिखर नगरपालिका–३ आली गाउँमा आज दिउँसो यात्रु बोकेको जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परी अन्य १६ जना घाइते भएका छन् । दिपायलबाट जोरागाउँतर्फ जाँदै गरेको शैलेश्वरी यातायातको ग१ज ५२७५ नंको जिप गाउँ नजिकै खोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा शिखर नगरपालिका–३ जोरगाउँकै ४०

Read more

कर्णाली प्रदेशलाई थोत्रा गाडी, प्रदेश मन्त्री हैरान

सुर्खेत । कर्णाली प्रदेशमा केन्द्र सरकारले थोत्रा गाडी पठाएपछि यहाँका मन्त्रीहरु हैरान भएका छन् । केन्द्रले पठाएका गाडीहरु मर्मत गर्दै, चढ्दै गरेर कर्णाली प्रदेशका मन्त्रीहरु हैरान भएका हुन् । प्रधानमन्त्री कार्यालयबाट बा १ झ ९१८८ नम्वरको स्कार्पियो गाडी दिइएको छ । उपलव्ध गराएको गाडीको अवस्था हेर्दा मर्मत नगरी चढ्न नै समस्या छ । ९८ हजार

Read more

नारायणगढ–मुग्लिन सडकखण्डको मिति थपियो

मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थपिएको छ । विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए । उनीहरुले एक हजार दिनसम्म मिति थपको माग गरेको भए पनि तीन महिना मात्रै थपिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिलो खण्डलाई १० मे, दोस्रो खण्डलाई

Read more

धादिङमा संचालित उद्योग र बालुवा प्रशोधन गर्ने फिरफिरे उद्योग सञ्चालनका लागि नयाँ मापदण्ड तय गरिएको छ । जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा मंगलबार धादिङबेसीमा बसेको सरोकारवालाहरुसँगको बैठकले तत्कालका लागि नयाँ मापदण्ड तोकेको हो । त्रिशूली नदीलाई स्वच्छ र सफा बनाउनको लागी धादिङ जिल्लामा संचालनमा रहेका क्रसर उद्योग, ढुङ्गा/बालुवा खानी, बालुवा प्रशोधन गर्ने

Read more

सङ्लियो त्रिशुली

धादिङ । हिउँदमा पनि बर्खाझैं धमिलो बग्ने त्रिशुली नदीको पानी दुई सातायता सङ्लिएको छ। धमिलो त्रिशुली सङ्ल्याउन बाह्र वर्षदेखि खबरदारी अभियान चलेको थियो। धादिङ मलेखु क्षेत्रका आठ/दश जनाले सुरू गरेको त्रिशुली बचाऊ अभियानले बृहत रूप लिएपछि सङ्लो त्रिशुली बग्न सम्भव भएको हो।  त्रिशुली बचाऊ अभियानका श्रवणकुमार त्रिपाठीले चेतनामुलक खबरदारी र संघर्षबाट सङ्लो त्रिशुली बगाउन सफल

Read more

काठमाडौँ महानगरपालिकाले

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ । सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन उक्त सेवा सुरु गरिएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । काफ्लेले भने, ‘यो सुविधा विद्युतीय सेवाबाट नक्सा पास गरेका नागरिकले मात्र पाउनेछन्, कामपाले करिब दुई वर्षदेखि विद्युतीय नक्सा पास

Read more