पोखरा महानगरको दमकल पानी नै नलिकन आगो निभाउन पुगे पछि

Share it with you friends

पोखरा, २७ चैत । बिरौटा चोकको बिजुलीको पोलमा एक्कासी आगो लागेपछि स्थानीय बासिन्दाहरुले दमकल र प्रहरीलाई खबर गरे । खबर गरेको केही समय पछि आगो निभाउन दमकल आइपुग्यो भने प्रहरी पनि घटना स्थलमा आए ।

एकातर्फ बिजुलीको पोलमा आगोले ठुलो रुप लिन थालिसकेको थियो भने अर्को तर्फ स्थानीयहरु आत्तिरहेका थिए । दमकलको प्रतिक्षामा रहेका स्थानीयले दमकल आएपछि सजिलै आगो नियन्त्रणमा लिने आशा गरिरहेका थिए ।

केहीसमय पछि पोखरा महानगरपालिकाको दमकलले आगो निभाउन प्रक्रिया थाल्यो ।

दमकलबाट पाइप निकाले र आगो निभाउने प्रयास गर्दा पो थाहा भयो दमकलमा पानी नै रहेनछ ।

यो घटनाले स्थानीय बासिन्दाहरु एकैछिन अचम्ममा नै परे भने रिस र हाँसोको माहौल बनेपछि के भन्ने नभन्ने दोधारमा परे ।

अन्तत दमकल पानी लिन हिड्यो, स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *