एकिकृत समाजवादीलाई संसदीय सुविधा दिन अस्विकार

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतकलाई सुविधा दिन अस्वीकार गरेको छ । दलको कार्यालयले सांसद प्रकाश ज्वालालाई प्रमुख सचेतक तोकिएको र सुविधा उपलब्ध गराउन माग गर्दै पत्राचार गरेको थियो । सांसद सुविधा व्यवस्थापन शाखाले प्रचलित कानुनअनुसार एकीकृत समाजवादीलाई सुविधा दिन नमिल्ने जवाफ पठाएको हो । शाखाका उपसचिव रामहरि थापाले

Read more

आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

काठमाडौं । संघीय संसद भवन अगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको बुधबार बिहान ५ः०० बजे निधन भएको डा. किरण नकर्मीले बताउनुभयो । डा. नकर्मीले भन्नुभयो, ‘‘उहाँलाई बचाउन सकिएन । उहाँको ८०प्रतिशत भाग जलेको थियो । उपचारको क्रममा आज बिहान मृत्यु भयो ।’’ नयाँ

Read more

पेट्रोलियम पदार्थलाई खुला रूपमा बिक्रीवितरण नगर्न अनुरोध

काठमाडौँ, । नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गए राती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने भएकाले बिक्री वितरण नगर्न अनुरोध गरेको हो । जिल्ला

Read more

समयमै पाठ्यपुस्तकको व्यवस्था मिलाउन सरकारलार्य निर्देशन

काठमाडौं, । संसदीय समितिले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालयहरूले पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद् राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक उपलब्ध हुने कुराको सुनिश्चित गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । सम्बन्धित मन्त्रालय र मातहतका

Read more

पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने

काठमाडौं, । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रूपमा स्वीकृति लिन आह्वान गरेको छ । समितिको गठन आदेश, २०७७ र यसअन्तर्गत बनेका नियमका आधारमा समितिले स्वीकृति लिन आग्रह गरेको हो । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज (सोमबार) विज्ञप्ति प्रकाशित गरी सबै प्रकारका पात्रो र भित्तेपात्रो प्रकाशन गर्नुपूर्व स्वीकृतिका लागि

Read more

नेपाली चलचित्रले सभ्य समाज निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको छ ः राष्ट्रपति भण्डारी

काठमाडौं, । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली चलचित्रले समाजका बदल्नै पर्ने बालविवाह, दाइजो, बोक्सी लगायतका कुप्रथालाई अन्त्य गर्दै सभ्य समाज निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेकोमा खुसी व्यक्त गर्नुभएको छ । सोमबार राष्ट्रपति भवनमा भएको कार्यक्रममा चलचित्र क्षेत्र र चलचित्रकर्मीका समस्या र सम्भावनाका विषयमा राष्ट्रपति र कलाकारहरुबीच छलफल कार्यक्रममा उहाले यस्तो बताउनुभएको हो । राष्ट्रपति भण्डारीले कलाकारहरूलाई

Read more

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्छ ः ओली

काठमाडौं, । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै त्यसैमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गर्नु भएको छ । अध्यक्ष ओलीले सत्तारुढ दलबीच आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार उठाउने सहमति भएको समेत स्पष्ट पार्नुभयो । सभामुखमा देवराज घिमिरे निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ

Read more

सभामुखमा एमालेका सांसद घिमिरे निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । झापाको अर्जुनधारा नगरपालिका –६ घर हुनुभएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले १६७ मत प्राप्त गर्नुभएको छ । उहाँले प्राप्त गर्नुभएको मत सभाको बहुमत भएकाले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले

Read more

एक बर्षमा कान्तिबाल अस्पतालमा २ हजार ५ सय २६ जनाको शल्यक्रिया

काठमाडौं । कान्तिबाल अस्पतालमा एक वर्षमा जटिल र सामान्य गरी दुई हजार ५२६ जनाको शल्यक्रिया गरिएको छ । कान्तिबाल अस्पतालको ६१ औं वार्षिकोत्सव अवसरमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७८÷७९ मा जटिल र सामान्य गरेर दुई हजार ५२६ जनाको शलयक्रिया भएको उल्लेख गरेको छ । सोही आर्थिक वर्षमा एक लाख १६ हजार ४५३ जनाले

Read more

अवैध क्रसर उद्योग बन्द गराउन गृहमन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अवैध क्रसर उद्योग बन्द गराउन निर्देशन दिएको छ । मन्त्रालयले कानुन विपरित दर्ता भएका र नवीकरण नगरी सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योग तत्काल बन्द गर्न ७७ जिल्लाका प्रमुख जिल्ला अधिकरीलाई निर्देशन दिएको हो । निर्देशनमा ढुङ्गा, गिट्टी, रोडा

Read more