देश विकास

विकास पत्रकारिता

रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

Share it with you friends

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् ।

नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड,  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बैठकमा अनुपस्थित भएका हुन् ।

पार्टीका अरु नेताहरु भने बैठकमा गएका छन् । सर्वदलीय बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरुलाई निमन्त्रणा गरिएको थियो । संसदको गतिरोध र पछिल्ला राजनीतिक विषयमा छलफल गर्नका लागि रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक बोलाउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts