करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

Share it with you friends

धादिङ, ११ जेठ – धादिङको नीलकण्ठ नगरपालिका-४ रायटारमा हाइटेन्सन विद्युतको लाइनबाट करेन्ट लागेर गम्भीर घाइते भएकी ६ वर्षीया बालिका साया श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ।

नीलकण्ठ नगरपालिका वडा नं. ८ स्थायी घर भएका सुजन श्रेष्ठ र अस्मिता श्रेष्ठकी ६ वर्षीया छोरी साया आइतबार दिउँसो रायटारस्थित एक घरमा खेलिरहेकी थिइन्। सोही क्रममा उनले चलाएको पोछा लगाउने फलामको डन्डी अचानक नजिकै रहेको विद्युतको हाइटेन्सन लाइनको तारमा ठोक्किन पुगेको थियो। फलामको डन्डीमार्फत आगोको झिल्कोसहित करेन्ट प्रवाह हुँदा उनी गम्भीर घाइते भएकी थिइन्।

दुर्घटना लगतै उनलाई उद्धार गरी थप उपचारका लागि तत्कालै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो। कीर्तिपुरस्थित कीर्तिपुर बर्न हस्पिटलमा भर्ना गरी उपचार भइरहेको अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण

    धादिङ । गल्छी गाउँपालिकाले गाउँपालिका भित्र सक्रिय तेक्वान्दो खेलाडीहरूलाई आवश्यक खेल सामग्री वितरण गरेको छ।मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख धिरज बस्नेतले…

    धादिङ। धादिङको थाक्रे गाउँपालिका–२ बाह्रकिलोमा स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको १५ दिने फेल्ट तथा ऊन हस्तकला उत्पादन सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ। एकीकृत सामुदायिक विकास अभियान (आईसीडीसी) नेपालले एक्सनएड…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण

    • By Upendra Adhikari
    • १७ असार २०८३, बुधबार १२:४५
    • 2 views
    गल्छी गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण
    • By Upendra Adhikari
    • १७ असार २०८३, बुधबार ११:४८
    • 1 views

    थाक्रेको महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजनाको वडा ८,९ र १०को वार्षिक समीक्षा सम्पन्न

    • By Upendra Adhikari
    • १६ असार २०८३, मंगलवार ०९:५८
    • 7 views
    थाक्रेको महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजनाको वडा ८,९ र १०को वार्षिक समीक्षा सम्पन्न

    धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा

    • By Upendra Adhikari
    • १४ असार २०८३, आईतवार १०:३०
    • 8 views
    धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:५३
    • 9 views
    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:४२
    • 9 views
    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक