महादेवस्थान मा विमा आधारभूत कम्प्युटर तालिम

Share it with you friends

धुनिबेशी :  धुनिवेशी नगरपालिका वडा नं ५ मा रहेको महादेवस्थान माध्यमिक विद्यालयले नगरपालिका भित्र सञ्चालनमा रहेका २० वटा आधारभूत सामुदायिक विद्यालयका शिक्षक शिक्षिकालाई लक्षित गरेर कम्प्युटरको आधारभूत सिप सम्बन्धी तालिम सञ्चालन गरेको छ ।

रोटरी क्लव अफ गोँगवु काठमाडौंसँग सहकार्य गरेर धुनिवशी नगरपालिकाको अनुमतिमा उक्त ३ दिने कार्यशाला सञ्चालन गरिएको तालिमका संयोजक महादेवस्थान मा.विका प्रधानाध्यापक केशवप्रसाद रूपाखेतीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिका भित्र प्रारम्भिक बालविकास र सिकाइ कक्षा देखी कक्षा ८ सम्म सञ्चालनमा रहेका २० सामुदायिक विद्यालयका २३ जना शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो ।

सार्वजनिक विदाको दिन पारी सञ्चालन गरिएको उक्त तालिममा सहभागिहरुले Office word, xl, Power point लगाएत आवश्यक अन्य सिपहरु सिक्नु भएको कुरा प्रशिक्षक विष्णुप्रसाद आचार्यले बताउनुभएको छ ।
समापन कार्यक्रममा बोल्दै नगरप्रमुख बालकृष्ण आचार्यले शिक्षकहरुको सिक्ने सिकाउने यो कार्यलाई नगरपालिकाले हरतरहले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । सामुदायिक विद्यालयबीच सहकार्य, एकता र सद्भाव बढाउनुका साथै आपसी समस्यालाई सँगै बसेर समाधान गर्न सकिने सन्देश यस तालिमले दिएको कुरा तालिमको समापन कार्यक्रममा संयोजक प्रधानाध्यापक रूपाखेतीले बताउनु भयो। आगामी दिनमा पनि हाम्रा साझा समस्यालाई हामीले नै  समाधान गर्न प्रयत्नशिल रहने उहाँले बताउनु भयो ।

तालिमको लागि प्राविधिक सहयोग उपलब्ध गराइरहेको सहयोगी सँस्था रोटरी क्लव अफ गोँगवु काठमाडौंका प्रेसिडेण्ट राजाराम फूयालले शिक्षा र स्वास्थयको क्षेत्रमा यस नगरभित्र अन्य धेरै कार्यक्रमहरु सञ्चालन गर्न लागेको बताउनुभयो । उक्त सँस्थाले माहदेवस्थान मा.वि.मा २१ वटा कम्प्युटर सहयोग गर्ने कार्यक्रम रहेको छ

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण

    धादिङ । गल्छी गाउँपालिकाले गाउँपालिका भित्र सक्रिय तेक्वान्दो खेलाडीहरूलाई आवश्यक खेल सामग्री वितरण गरेको छ।मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख धिरज बस्नेतले…

    धादिङ। धादिङको थाक्रे गाउँपालिका–२ बाह्रकिलोमा स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको १५ दिने फेल्ट तथा ऊन हस्तकला उत्पादन सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ। एकीकृत सामुदायिक विकास अभियान (आईसीडीसी) नेपालले एक्सनएड…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण

    • By Upendra Adhikari
    • १७ असार २०८३, बुधबार १२:४५
    • 2 views
    गल्छी गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण
    • By Upendra Adhikari
    • १७ असार २०८३, बुधबार ११:४८
    • 1 views

    थाक्रेको महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजनाको वडा ८,९ र १०को वार्षिक समीक्षा सम्पन्न

    • By Upendra Adhikari
    • १६ असार २०८३, मंगलवार ०९:५८
    • 7 views
    थाक्रेको महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजनाको वडा ८,९ र १०को वार्षिक समीक्षा सम्पन्न

    धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा

    • By Upendra Adhikari
    • १४ असार २०८३, आईतवार १०:३०
    • 8 views
    धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:५३
    • 9 views
    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:४२
    • 9 views
    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक