देश विकास

विकास पत्रकारिता

रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन जेष्ठ २३ गते हुने

Share it with you friends

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको प्रथम जिल्ला अधिवेशन यही जेष्ठ २३ गते धादिङबेसीमा सम्पन्न हुने भएको छ ।

जिल्लाका धुनीबेसी, थाक्रे, गल्छी, सिद्धलेक र नेत्रावती गाउँपालिकामा सर्वसम्मत कार्यसमिति गठन हुन नसकेपछि रास्वपाले मतदान प्रक्रियामार्फत पालिका कमिटी गठन गरेको थियो ।

त्यसैगरी खनियाबास र रुवी भ्याली गाउँपालिकाको पालिका अधिवेशन जिल्ला अधिवेशन अघि नै सम्पन्न हुने बताइएको छ ।

जिल्ला नेतृत्व चयनका लागि हुने प्रथम अधिवेशनमा आकांक्षी धेरै देखिएकाले मतदान प्रक्रियामा जान सक्ने सम्भावना रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts