धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

Share it with you friends

धुनिबेशी नगरपालिका वडा नं ५ मा ३९० घण्टे सिलाई कटाई तालिम सुरूआत भएको छ।

धुनिबेशी नगरपालिकाको आर्थिक सहयोग तथा महिला अभियान केन्द्र काठमाडौँको प्राविधिक सहयोगमा तालिम सञ्चालन भएको हो।वडा नं ५ को मागमा आधारित सीप विकास तालिम अन्तर्गत सञ्चालित तालिममा २१ जना महिलाहरूको सहभागीता रहेको छ।हाल सञ्चालन भइरहेको आधारभूत तालिम पश्चात सहभागीहरूका लागि एडभान्स तालिम प्रदान गरिने र आवश्यक सिलाई मेसिन प्रदान गरिने वडा अध्यक्ष बिसाल भट्टराईले जानकारी दिनुभयो।
सिलाई कटाई तालिमको अनुगमनका क्रममा धुनिबेशी नगरपालिकाका प्रशासकीय अधिकृत बिनोद खनालले ग्रामीण महिलाहरूलाई सिप मार्फत आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले विभिन्न सिपमुलक कार्यक्रम सञ्चालन गर्ने गरेको बताउनुभयो।

  • Related Posts

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले तेस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि अधिकांश खेलका खेलाडी छनोट प्रतियोगिता सम्पन्न गरिसकेको जनाएको छ । समितिका कार्यालय प्रमुख रमेशमान तुलाधरका अनुसार…

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    धादिङ, ११ जेठ – धादिङको नीलकण्ठ नगरपालिका-४ रायटारमा हाइटेन्सन विद्युतको लाइनबाट करेन्ट लागेर गम्भीर घाइते भएकी ६ वर्षीया बालिका साया श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ। नीलकण्ठ नगरपालिका वडा नं. ८…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 3 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    अण्डाको मूल्य बढ्यो

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ११:४७
    • 6 views
    अण्डाको मूल्य बढ्यो

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 5 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 6 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०२
    • 4 views
    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार १०:३३
    • 6 views
    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो