सिद्धलेकमा १८ जना किसान सम्मानित, सहकारीमार्फत दूध बेच्नेलाई प्रोत्साहन रकम

Share it with you friends

विश्व दुध दिवस-२०२६” को अवसर पारेर धादिङको सिद्धलेक गाउँपालिकामा एक विशेष कार्यक्रमका बीच १८ जना उत्कृष्ट पशुपालक किसानहरूलाई सम्मान गरिएको छ। सोमबार (जेठ १८ गते) गाउँपालिकाको सभाहलमा आयोजित समारोहमा व्यावसायिक कृषि तथा पशुपालनमा योगदान पुर्‍याउने किसानहरूलाई पुरस्कृत गरिएको हो।

सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविता अर्याल र पशु सेवा शाखा प्रमुख डा. चक्र वली लगायतको विशेष आतिथ्य रहेको थियो।

कार्यक्रममा वार्षिक ५ हजार लिटरभन्दा बढी दूध उत्पादन गरी व्यावसायिकताको उदाहरण बनेका ११ जना किसानहरूलाई ‘उत्पादनमा आधारित दुधमा प्रोत्साहन अनुदान कार्यक्रम’ अन्तर्गत सम्मान गरिएको थियो। यसैगरी, पशुपालनका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने अन्य ७ जना किसानहरूलाई गाईभैँसीपालन, बाख्रापालन, बङ्गुरपालन र कुखुरापालन विधा अन्तर्गत ‘पशुपालक किसान सम्मान कार्यक्रम’ मार्फत सम्मानित गरिएको छ।

पशुपालनलाई थप प्रोत्साहन गर्न र व्यावसायिकता बढाउन गाउँपालिकाले सहकारी माध्यमलाई पनि बलियो बनाएको छ। सोही अवसरमा स्थानीय विभिन्न सहकारीमार्फत दूध बिक्री गर्दै आएका ६ सय २४ जना किसानहरूका लागि सरकारले प्रोत्साहन रकमको घोषणा गरेको छ।

किसानहरूले बिक्री गरेको कुल ४ लाख ५४ हजार १०७ दशमलव १२ लिटर दूधमा प्रतिलिटर २ रुपैयाँ ६० पैसाका दरले हुन आउने प्रोत्साहन रकम सिधै किसानहरूको बैंक खातामा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। बैंकिङ प्रणालीमार्फत पारदर्शी रूपमा वितरण गरिने यो रकमले साना तथा व्यावसायिक दुवै खाले किसानहरूलाई थप ऊर्जा मिल्ने विश्वास लिइएको छ।

  • Related Posts

    थाक्रेमा प्रथम बाल महोत्सव सम्पन्न, विभिन्न विधाका उत्कृष्ट विद्यार्थी सम्मानित

    धादिङ। धादिङको थाक्रे गाउँपालिकामा आयोजित प्रथम बाल महोत्सव सम्पन्न भएको छ। महोत्सवअन्तर्गत विभिन्न विधाका प्रतियोगिताहरू सञ्चालन गरी उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो। चित्रकला प्रतियोगितामा लुसिड रोज स्कुलका अनुप…

    रास्वपा थाक्रेको सभापतिमा सुवेदी निर्वाचित

    धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थाक्रेको अधिवेशन भएको छ। अधिवेशनबाट नयाँ नेतृत्व तथा विभिन्न तहका प्रतिनिधिहरू सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। अधिवेशनबाट सविन सुवेदी सभापतिमा निर्वाचित भएका छन्। त्यसैगरी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    सिद्धलेकमा १८ जना किसान सम्मानित, सहकारीमार्फत दूध बेच्नेलाई प्रोत्साहन रकम

    • By Upendra Adhikari
    • १९ जेष्ठ २०८३, मंगलवार ११:४७
    • 3 views
    सिद्धलेकमा १८ जना किसान सम्मानित, सहकारीमार्फत दूध बेच्नेलाई प्रोत्साहन रकम

    विश्वव्यापी तापक्रम वृद्धि र एल निनोको दोहोरो प्रभाव: नेपालमा औसतभन्दा बढी गर्मी हुने प्रक्षेपण, गर्मी कार्य दिवसमा हातेमालोको आव्हान

    • By Upendra Adhikari
    • १९ जेष्ठ २०८३, मंगलवार ११:४४
    • 2 views
    विश्वव्यापी तापक्रम वृद्धि र एल निनोको दोहोरो प्रभाव: नेपालमा औसतभन्दा बढी गर्मी हुने प्रक्षेपण, गर्मी कार्य दिवसमा हातेमालोको आव्हान

    थाक्रेमा प्रथम बाल महोत्सव सम्पन्न, विभिन्न विधाका उत्कृष्ट विद्यार्थी सम्मानित

    • By Upendra Adhikari
    • १८ जेष्ठ २०८३, सोमबार १०:५३
    • 5 views
    थाक्रेमा प्रथम बाल महोत्सव सम्पन्न, विभिन्न विधाका उत्कृष्ट विद्यार्थी सम्मानित

    रास्वपा थाक्रेको सभापतिमा सुवेदी निर्वाचित

    • By Upendra Adhikari
    • १८ जेष्ठ २०८३, सोमबार १०:५०
    • 5 views
    रास्वपा थाक्रेको सभापतिमा सुवेदी निर्वाचित

    बेनीघाट रोराङमा बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार ११:२५
    • 5 views
    बेनीघाट रोराङमा बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु

    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार १०:०१
    • 6 views
    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा