समयमा डाक्टर नआएको भन्दै बिरामीद्धारा अस्पताल तोडफोड

२७ असोज २०७६, सोमबार । अस्पतालका चिकित्सक अबेर सम्म पनि डियुटीमा नआएको भन्दै विरामीका आफन्त र केही विद्यार्थीले सोमबार सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड गरेका छन् । विद्यार्थीको निरन्तर प्रदर्शनको कारण दिउसो २ बजे देखि अस्पताल परिषर तनावग्रस्त बनेको छ । अस्पतालमा कार्यरत डा. ज्ञानेन्द्र झा र डा.प्रनेश यादव दिउसो २ बजे

Read more

नेपालका लागी राष्ट्रपति सी को प्रतिबद्धताहरु के के छन् त…

२६ असोज २०७६, आईतबार । चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ‘भूपरिवेस्ठित मुलुक’ बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा शानिबार आएका सीले उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित राजकीय भोजमा गरेका प्रतिवद्धताहरु यस्ता छन् । १. नेपालले अपेक्षा गरेका बहुप्रतीक्षित हिमालय सीमापार

Read more

लुक्ला उडेको सीता एयरको विमान दुर्घटनाबाट जोगियो

२५ असोज २०७६, शनिबार । सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको हो । नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमित कुमार चौरसियाका अनुसार विमानको इन्जिनभित्रै चरा पसेको थियो । उड्ने तयारीमा रहेको विमान धावनमार्गको करीब ७५ प्रतिशत

Read more

चिनियाँ राष्ट्रपति सी काठमाडौं आइपुगे, सडकमा स्वागतको भव्य तयारी

२५ असोज २०७६ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सी लाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गर्नुभएको छ । यसै गरी सी लाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु विमानस्थल पुग्नुभएको हो । राष्ट्रपति सी भारतको चेन्नई अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका थिए । चीनका राष्ट्रपति

Read more

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण: त्रिभुवन विमानस्थलबाट हुने उडान दुई दिन प्रभावित हुने

२५ असोज २०७६, शनिबार । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण दुई दिन प्रभावित हुने भएको छ । चिनियाँ राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० मा काठमाण्डौ अवतरण गर्ने कार्यतालिका छ । भारतको चेन्नई हुँदै काठमाण्डौ आइपुग्ने सी आइतबार १२ः३० मा स्वदेश फर्कनुहुनेछ । राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुमा रहेको चेन्नई

Read more

सिन्धुपाल्चोक दुर्घटना अपडेट, मृतक ११ जनाकै शव सनाखत

२४ असोज २०७६, शुक्रबार । सिन्धुपाल्चोक दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यलयका डिएसपी माधव काफ्लेका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका ३ बस्ने केदारनाथ महाजु, पाचँखाल नगरपालिका ६ का संगिता मिजार, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ९ बस्ने हिरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र इन्द्रावती गाउँपालिका १० बस्ने रितेश आचार्य

Read more

गल्छि-७ खेस्टेखोलामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

२४ असोज २०७६, शुक्रबार । भगवान भण्डारी, धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७, खेस्टेखेलामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । लमजुङको बेसीशहरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा २ ख ७२८४ नम्बरको माइक्रोबसले शुक्रबार बिहान १० बजेतिर त्यसै दिशातर्फ जाँदै गरेको बा ४९ प ३०१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको

Read more

भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि साउदी अरबद्वारा नेपाललाई ३ अर्ब ४० करोड सहुलियत ऋण प्रदान

२४ असोज २०७६ । साउदी फण्ड फर डेभलप्मेण्टले नेपाललाई ३ अर्ब ४० करोड रुपैयाँ सहुलियत ऋण प्रदान गरेको छ । साउदी फण्ड फर डेभलप्मेण्टले भूकम्पबाट क्षतिग्रस्त निजी आवास, शैक्षिक संस्था तथा स्वास्थ्य केन्द्र पुनर्निमाणका लागि नेपाललाई सहुलियत ऋण उपलब्ध गराएको हो । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा यससम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री

Read more

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: ११ जनाको मृत्यु भएको पुष्टि

२४ असोज २०७६, शुक्रबार । सिन्धुपाल्चोकबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा पर्दा अहिलेसम्म ११ जनाको ज्यान गएकोे पुष्टि भएको छ । मृतकहरूको सनाखत हुन बाँकी रहेको छ। दुर्घटनामा परेकामध्ये ६ जनाको घटनास्थलमै र ५ जनाको उपचारका लागि धुलिखेलतर्फ ल्याउँदा मृत्यु भएको हो। मृतकहरुकाे पोस्टमार्टम गर्न लागिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले बताउनुभयो ।

Read more

सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस भोटसिपा तिखु मोडमा दुर्घटना, ८ जनाको मृत्यु

२४ असोज २०७६, शुक्रबार । सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । खचाखच यात्रु बोकेर बिहान ८ः३० बजे सिपाटारबाट छुटेको बस करिब ९ः३० बजे इन्द्रावती गाउँपालिका १० भोटसिपास्थित तिखु मोडमा दुर्घटना भएको हो । बस सडकबाट २०० मिटर तल खसेको र बसले नै

Read more