३३ किलो सुन काण्डमा तानिए ‘बाजेको सेकुवा’ का सञ्चालक

सुनसरी, ५ बैसाख । ३३ किलो सुन तस्करीमा चर्चित चेन रेस्टुरेन्ट ‘बाजेको सेकुवा’ का सञ्चालक चेतन भण्डारीको पनि संलग्नता देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले रेस्टुरेन्टका सञ्चालक भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का गरेको छ । प्रहरीले तस्करीमा संलग्न रहेको भन्दै भण्डारीसहित मोहन अग्रवाल, रमेश उप्रेती, नर्वदा

Read more

आयुर्वेद चिकित्सालयका निर्देशक घुससहित पक्राउ

काठमाडौँ, ४ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवी काठमाडौँका निमित्त निर्देशक डा रामदेव यादवललाई घुस रकमसहित आज पक्राउ गरेको छ । निमित्त निर्देशक यादवलाई आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई तीनमहिने प्रशिक्षण गराउने प्रयोजनका लागि ३७ हजार घुस रकम लिइसकेको अवस्थामा आयोगले नियन्त्रणमा लिएको जनाएको छ ।

Read more

खोलाले बगाएको बालिकाको उद्दार

मनाङ, ४ वैशाख । मनाङमा खोलाले बगाएकी एक बालिकाको उद्दार भएको । मनाङ प्रकाश ज्योति मावि कक्षा १० मा पढ्ने बिनीता गुरुङलाई स्कूल छुट्टी भएर घर फर्कने क्रममा दूधखोलाले बगाएको थियो । खोलाले करिब सय मिटर बगाएपछि पुल निर्माण काम गर्दै गरेका कामदारले उनलाई उद्धार गरेका प्रहरीले जनाएको छ ।

Read more

एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते एकता हुनेमा अन्यौल, ‘सूर्य’ चिह्नमा समझदारी

काठमाडौँ, ४ वैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीच निर्वाचन चिह्न ‘सूर्य’ राख्ने समझदारी भएको छ । पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकले यो समझदारी गरेको हो । मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मेवारी दिईएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका छन् । एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने

Read more

देशका धेरै ठाउँमा वर्षा, राती पनि पानी पर्न सक्ने

काठमाडौं, ४ बैशाख । देशका धेरै ठाउँमा मंगलबार ठूलो वर्षा भएको छ । स्थानीय वायूसँगै पश्चिमी वायू र पूर्वी वायू सक्रिय हुँदा देशका धेरै ठाउँमा मौसम बद्ली भई पानी परेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार देशका धेरै ठाउँमा साँझ पनि वर्षा भइरहेको छ र मंगलबार राति पनि पानी पर्ने सम्भावना छ । मंगलबार

Read more

रातो मच्छिन्द्रनाथको रथ बनाउने काम अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं, ४ वैशाख । रातो मच्छिन्द्रनाथको रथ बनाउने काम अन्तिम चरणमा पुगेको छ । यवाल गुथियारहरुले रथमा बेतले बाध्ने काम गरेका छन् । मूर्तिलाई रथारोहण गर्नु अघि सुनका फूल, झयाल, कौसी, धमा जडान गरिने रथ निमार्णमा संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताउनुभयो । चित्रकार समुदायले ह्यग्रिभ भैरवको अनुहार कोरेपछि मात्र रथको अगाडि भागमा रहने लामो

Read more

पुरुषलाई ‘सर’ महिलालाई ‘बहिनी’ !

काठमाडौँ, ४ वैशाख ।  महिला र पुरुष दुवैले कार्यालयमा समान हैसियतले काम गरिरहेका छन् । तर, उनीहरूलाई सम्बोधन गर्दा प्रयोग गर्ने शैली फरक छ । महिलालाई ‘तिमी’ र ‘बहिनी’ सम्बोधन गरिन्छ भने पुरुषलाई ‘तपाईं’ र ‘सर’ । कार्यालय क्षेत्रमा महिला कर्मचारी भएको हेक्का नै नगरी यौनजन्य भाव प्रकट हुने शब्द बोल्ने, ठूलो स्वरमा अश्लील भिडियो

Read more

स्वास्थ्यमा अर्बाै अनियमितता

काठमाडौँ, ४ वैशाख । स्वास्थ्य सेवा प्रवाहमा आवश्यक औषधि र उपकरण खरिदका लागि विनियोजित बजेटबाट स्वास्थ्य मन्त्रालयअन्तर्गतका कार्यालयहरुले मनपरी खरिद गरी अर्बाैं रुपैयाँ अनियमितता  गरेको पाइएको छ। खरिद गरेको उपकरण बिग्रिएको थाहा हुँदाहुँदै भुक्तानी दिएको, बिनाप्रतिस्पर्धा करोडौंका सामान खरिद गरेको, लागत अनुमानभन्दा बढीको टेन्डर स्वीकृत गरेको, आपूर्तिकर्ताबाट कानुनअनुसार क्षतिपूर्ति नलिई भुक्तानी गरेर अनियमितता भएको महालेखा

Read more

एमाले स्थायी समितिको निष्कर्ष : आशंका हटाएर ९ वैशाखमै एकता घोषणा

काठमाडौँ, ४ वैशाख ।  एमालेले माओवादीसँगको अविश्वास हटाएर ९ वैशाखमै पार्टी एकता घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको छ । माओवादी अध्यक्ष प्रचण्डमा एकतापछिको सम्मानजनक हैसियतबारे कुनै आशंका भए हटाएर ९ वैशाखमै एकताको निर्णय गर्ने म्यान्डेट पार्टी एकता संयोजन समितिलाई दिएको छ । ‘आलोपालो अध्यक्षता, दुई सहअध्यक्ष, जबज र माओवादजस्ता सैद्धान्तिक प्रश्नलाई एकता महाधिवेशनसम्म बहसबाट टुंग्याउनेलगायत महत्वपूर्ण

Read more

लोकतान्त्रिक फोरमबाट कांग्रेसमा आएका असन्तुष्ट

काठमाडौँ, ४ वैशाख ।  लोकतान्त्रिक फोरम कांग्रेसमा गाभिएको ६ महिना बितिसक्यो । तर, फोरमबाट आएका नेता–कार्यकर्ता कांग्रेसमा भूमिकाविहीन छन् । केन्द्रदेखि स्थानीयस्तरका समितिमा स्थान नपाएपछि उनीहरूले असन्तुष्टि पोख्न थालेका छन् । कतिपय स्थानीय नेता अन्य दलमा प्रवेशसमेत गर्न थालेका छन् । दुई पार्टी एकीकरण हुँदा उपस्थितिका आधारमा केन्द्रदेखि तल्लो तहसम्म नेता–कार्यकर्तालाई निर्वाचनलगत्तै उपयुक्त स्थान दिने

Read more