जेलबाट भाग्ने क्रममा बीसको मृत्यु
ब्राजिल, २८ चैत । ब्राजिलको उत्तरी क्षेत्रमा रहेको एउटा जेलबाट भाग्ने क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ । पारा प्रदेशको राजधानी बेलोममा रहेको सान्ता इजाबेल कारागारमा स्थानीय समयानुसार राति १ बजेतिर सो घटना भएको अधिकारीहरूले बताएका छन् । कारागारमा रहेका कैदीहरूलाई भगाउन एउटा सशस्त्र समूहले कारागारमा आक्रमण गरेको सार्वजनिक सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्
Read more









