‘प्रदेश २ मा पनि वामपन्थीकै सरकार’

काठमाडौँ, २८ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २ नम्बर प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरेका छन् । सातै प्रदेशमा वामपन्थीको स्थिर सरकार बनिरहेको अवस्थामा २ नम्बर प्रदेशमा पनि चाँडै वामपन्थी सरकारकै नेतृत्व रहने उनले दाबी गरे । ‘हेर्दै जानोस् २ नम्बर प्रदेशमा पनि अब चाँडै वामपन्थीको नेतृत्वमा सरकार बन्ने निश्चित छ,’ धनकुटाको पाख्रिबासमा मंगलबार

Read more

डडेल्धुराका १७२ सहकारी स्थानीय तहलाई हस्तान्तरण

डडेल्धुरा,चैत २६ । जिल्लाका १७२ सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । जिल्लामा विगतका वर्षदेखि क्रियाशील रहेका १७२ सहकारीलाई डिभिजन सहकारी कार्यालय महेन्द्रनगर, कञ्चनपुरले स्थानीय तहलाई हस्तान्तरण गरेको हो । डिभिजन सहकारी कार्यालयले आइतबार आयोजना गरेको उक्त कार्यक्रममा जिल्लास्थित सहकारीलाई सातवटा स्थानीय तहलाई हस्तान्तरण गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख गणेशराज भट्टलेले ती सहकारी

Read more

पाँच वर्षीया बालिका बलात्कृत

धनुषा, २६ चैत । धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । मादक पदार्थ सेवन गरी साहले बालिकालाई बलात्कार गरेको पीडितको परिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो । बालिकालाई स्वास्थ्य परीक्षणका लागि

Read more

बाघको आक्रमणबाट घाइते

चितवन, २५ चैत । भरतपुर महानगरपालिका–११ टाइगर तालमा आज दिउँसो बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार स्थानीय ४२ वर्षीय चन्द्रबहादुर भुजेल बाघको आक्रमणबाट गम्भीर घाइते हुनुभएको हो । दिउँसो ३ः३० बजेको समयमा बाघले आक्रमण गरेपछि उपचारका लागि भरतपुर अस्पताल ल्याइए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि

Read more

वडाध्यक्ष र व्यापारीबीच कुटाकुट !

काठमाडौँ, २६ चैत । बनेपा नगरपालिका–६ का वडाध्यक्ष र व्यवसायीबीच कुटाकुट भएको छ । कुटाकुट हुँदा हार्डवयर पसलमा क्षति पुगेको छ भने एक स्थानीय घाइते भएका छन् । वडाध्यक्ष सचितानन्द केसी र खानीखोला हार्डवयरका प्रोपाइटार सुधिर श्रेष्ठबीच कुटाकुट भएको हो । कसी भयो घटना ? सडकमा गाडी रोकेको भन्दै वडाध्यक्ष केसीले आइतबार बिहान साढे ८

Read more

तराईका जिल्लामा आँप उत्पादनमा वृद्धि हुने

२५ चैत, धनुषा । धनुषासहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । यसवर्ष आँपको रुखमा सबैतिर आँपको फूल बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन् । क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरका किसान रामदेव यादवले प्राय सबैतिर आँपको बगैचामा शुरुदेखि नै राम्रो फूल लागेको हुँदा गत वर्षभन्दा यसवर्ष आँप दोब्बर उत्पादन हुने बताउनुभयो

Read more

धादिङमा भूकम्प पीडितको नाम नै लाभग्राही सूचीमा छैन

२५ चैत, धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका– ४ का ७६ वर्षीय परमेन तामाङको नाम लाभग्राही सूचीमा छैन । घर भूकम्पले बस्नै नहुने गरी लड्यो । केही समय बारीको पाटामा बसे र त्यपछि गाउँले समेतको सहयोगमा बनाइएको टहरामा बस्दै आएका छन् । उनको सहारा भन्ने कोही छैन । पानी चुहिने कटेरामा बसेको दुई वर्ष भयो ।

Read more

करेन्ट लागेर एककाे मृत्यु

राजविराज, २५ चैत । सप्तरीको डाक्नेश्वरी नगरपालिका– ९ मा गएराति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय अजय साहको २५ वर्षीया श्रीमती अमेरिकादेवी साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा लुगामा आइरन लगाउने क्रममा अमेरिकालाई करेन्ट लागेको थियो । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा

Read more

मिनीट्रकको ठक्करले महिलाको मृत्यु, यातायात अवरुद्ध

नुवाकोट, २५ चैत ।  मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पुर्याएका छन । पीडितलाई क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग गर्दै गाडी सञ्चालन बन्द गराएपछि उपत्यकाको फोहर विसर्जन गरिँदै आएको ओखरपौवासम्म गाडी आउन बन्द भएको छ । गएराति बा५ख २५२३ नं को मिनीट्रकले ककनी गाउँपालिका–१ महालक्ष्मी भन्ने

Read more

उदयपुर आगलागी :१२ घर जल्यो, एक बेपत्ता, छ करोडको क्षति

उदयपुर , २५ चैत्र। उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट एक वृद्धा बेपत्ता भएकी छिन् भने रु छ करोडभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार रातको

Read more