थाक्रे गाउँपालिकाद्धारा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको गोलाघार वितरण
राजाराम डंगोल थाक्रे, १६ असार, २०७७ । धादिङको थाक्रे गाउपालिकामा मंगलबार मौरीसहितको गोलाघार वितरण गरिएको छ।
आर्थिक वर्ष २०७६/७७ को कृषि विकाश साखातर्फको स्वीकृत कार्यक्रम अनुसार थाक्रे गाउँपालिकाद्धारा ५० प्रतिसत अनुदान रकममा मौरीको गोलाघार वितरण गरिएको हो । थाक्रे गाउपालिकाको ११ वटै वडा लाइ लक्षित गरि राखियको कार्यक्रममा ५५ वटा मौरीसहितको गोलाघार वितरण गरिने छ।

कार्यक्रमको पहिलो दिन असार १६ गते वडा नम्बर ८,९,र १० मा गरि ३० वटा मौरीसहितको गोलाघार ५० प्रतिसत अनुदानमा थाक्रे गाउपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दिलबहादुर भुजेल ,१०का गोकुल लामिछाने कृषक लागायाताको उपस्थितिमा वितरण गरिएको थियो । भने बुधबार अरु बाकि वडा मा वितरण गरीने थाक्रे गाउपालिकाका कृषि विकाश साखाका प्रमुख सौगात जंग थापाले बताउनु भयो ।

