पत्रकार महासंघ ९ जना पूर्व अध्यक्षहरु सम्मानित

Share it with you friends

काठमाण्डौं । नेपाल पत्रकार महासंघको ६३औं स्थापना दिवसमा भएको विशेष कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु सम्मानित भएका छन् ।
महासंघले शुक्रबार काठमाडौंस्थित केन्द्रीय कार्यालय सन्चारग्राममा एक कार्यक्रम गरी पूर्वअध्यक्षहरुलाई सम्मान गरेको हो ।
महासंघका ९ जना पूर्वअध्यक्ष होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठूरी, धर्मेन्द्र झा, शिव गाउँले र डा. महेन्द्र विष्ट सम्मानित हुनु भएको हो ।
प्रेस स्वतन्त्रताका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सभामुख कृष्णबहादुर महराले उहाँहरुलाई सम्मान गर्नु भएको हो । स्थापना दिवका अवसरमा शुक्रबार महासंघसँगै विभिन्न शाखाहरुले पनि कार्यक्रम गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *