पहिरोले नारायणगढ-मुग्लिन सडक बन्द
चितवन , ३ जेठ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको हो । पहिरो पन्छाउने काम भइरहेकाे प्रहरीले जनाएको छ ।
निर्माणकाे काम चलिरहेकाे त्यस सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहानकाे समया सवारीको चाप धेरै हुने गर्दछ ।
