राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राडा. पुष्प कँडेल नियुक्त ( सदस्यहरुकाे नामावली सहित )

Share it with you friends

काठमाडौं, ११ बैसाख । मंगलबारको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राडा पुष्प कँडेललाई नियुक्त गरेको छ ।

आजको मन्त्रिपरिषद वैठकले एमाले पार्टीको केन्द्रिय लेखा आयोगका अध्यक्ष समेत रहेका कँडेलसँगै आयोगका सदस्यहरुमा कृष्णप्रसाद ओली, उषा झा, दिलकुमार गुरुङ, सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फूँयाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, राष्ट्रिय सभा निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशलाई जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले सरकारी तथा उच्चपदस्थ व्यक्तिहरुको वैदेशिक भ्रमण निर्दे्शिका स्वीकृत गर्ने तथा सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पठाउने समेत निर्णय गरेको छ । त्यसै गरी सार्वजनिक हितका लागि अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको नेपाल सरकारका प्रवक्ता एवं सूचना राज्यमन्त्री गोकुल वाँस्कोटाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *