सामाजिक सुरक्षा भत्तामा वृद्धि, वृद्धभत्ता ४ हजार पुग्यो
१५ जेष्ठ २०७८, शनिबार ।
सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेटबाट सरकारले भत्ता बढाएको हो । सरकारले ७० वर्ष माथिका नागरिकले पाउने भत्ता ३ हजारबाट ४ हजार पुर्याएको शनिबार सिंहदरबारबाट बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । सबै प्रकारका भत्तामा ३३ प्रतिशतले बढाइएको छ ।
