सुन चाँदीको भाउ आज पनि घटेको छ । दशैँ बिदामा भाउ बढेर तोलाको ९६ हजार रुपैयाँमा पुगेको सुनको भाउ हिजो ८ सय रुपैयाँले घटेर तोलाको ९५ हजार दुई रुपैयाँमा झरेको थियो ।
आज फेरि १ हजार २ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय १५ रुपैयाँ तोकिएको छ ।