असार १५ बाट दैनिक १० हजार पिसिआर परीक्षण हुने ।
काठमाडौं, २६ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ बाट प्रत्येक दिन १० हजारको संख्यामा पिअिसार परीक्षण गर्ने रिर्पोट दिने बताउनु भएकाे छ ।
सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री ढकालले पिसिआरको परीक्षण दायरा बढाएर प्रतिदिन १० हजार जाँच हुने बताउनुभएकाे हाे । असार १५ सम्म सातै प्रदेशमा ठूला मेसिन जडान गरिने उहाँकाे भनाई छ ।
मन्त्री ढकालले परीक्षणको सवालमा नेपाल एसियामा राम्रो स्थानमा रहेको दाबी गर्दै केही दिनमा परीक्षणमा भुटानभन्दा राम्रो हुने समेत बताउनुभएकाे छ । मन्त्री ढकालले आरडिटी परीक्षणलाई संक्रमण पत्ता लगाउन नभई स्क्रिनिङको लागि मात्र प्रयोग गरेको समेत जानकारी दिनुभयाे ।
मन्त्री ढकालले हालसम्म २ लाख ५७ हजार ९ सय ६२ को कोरोना स्वास्थ्य परीक्षण गरेकोमा १ लाख ९ सय ७१ पीसीआर विधिबाट परिक्षण गरिएकाे जानकारी दिनुभयाे ।

 
             
             
            