अपडेट : मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो, दुर्इ जनाको मृत्यु

Share it with you friends

२ जेठ, काठमाडाैँ ।  मकालु एयरको केहीबेर सम्पर्कबिही भएको  9N AuJ विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा तीन टुक्रा भएको अवस्थामा भेटिएको हो । सुर्खेतका प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार दुर्घटनास्थलमा दुर्इ जनाको शव पनि भेटिएको छ ।

नाइन एन ए जे यु कलसाइन रहेको विमानमा चालक किरण भट्टराई, सहचालक आदित्य नेपालीले उडाएका थिए दुबैको मृत्यु भएको सुर्खेत विमानस्थल कार्यालयले जनाएको छ । विमान ११ सय ७० किलो सामान लिएर सुर्खेतबाट सिमिकोटका लागि उडेको थियो । विमान यसअघि बाजुरामा भेटिएको अपुष्ट खबर आएको थियो ।

(यसअघिको अपुष्ट खबरबाट पाठकमा पर्न गएको असुविधाका लागि क्षमाप्राथी छाैँ–सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *