आईपिएलमा आज सन्दिपले खेल्ने

Share it with you friends

काठमाडौं, ८ वैशाख । दिल्ली देयर डेभिल्सले आज नेपाली युवा स्पिनर सन्दीप लामिछानेलाई मैदानमा उतार्ने भएकाे  छ । दैनिक इण्डियाले ट्वीटरमार्फत दिल्लीले लामिछानेलाई मैदानमा उतार्ने खबर सार्वजनिक गरेको छ ।

लेग स्पिन बलरको रुपमा चिनिएका सन्दीप अाज पहिलाेपटक मैदानमा उत्रन लागेका हुन ।सन्दीपलाइ  २० लाख भारतीय रुपैयाँ खर्चेर टीममा भित्र्याएको दिल्ली देयर डेभिल्सले अाज रोयल च्यालेन्जर्स ब्याग्लोरसगगँ प्रतिस्पर्धा गर्दैछ ।

दिल्लीले अहिलेसम्मका ४ खेलमा तीनवटा पराजय हासिल गरेको छ । अहिलेसम्म सन्दीपले खेल्न पाएका छैनन् । दिल्लीले बलिङमा राम्रो गर्न नसकिरहेकोले बलरमा विकल्प खोजिरहेको छ ।

आईपीएलमा आज २ वटा खेलहरु हुदैछन् । आज कोलकत्ता नाईट राईडर्स र किङस् ईलेभेन पञ्जाब तथा रोयल च्यालेन्जर्स ब्याग्लोर र दिल्ली डेयर डेभिल्स प्रतिस्पर्धा गर्दैछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *