आगलागीका कारण औषधी कम्पनी नोभा जेनेटिका प्रा.लि.मा एक करोड भन्दा बढी क्षति
सेनिटाईजर बनाउनको लागि ट्याङकरमा ल्याइएको स्प्रिटलाई ड्रममा राख्ने क्रममा स्प्रिटबाटै आगो सल्कियो
धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ७ खानिखोलामा रहेको नोभा जेनेटिका प्रा. लिकाे औषधी उद्योगमा आगलागी हुदा एक करोड भन्दा बढीको क्षति भएको छ ।

आगोलागी नियन्त्रणका लागी नेपाल प्रहरीको टोली, धुनिवेशी नगरपालिकाको बारुणयन्त्र,स्थानीयवासी,नगरप्रहरी, आदमघाटस्थित सशस्त्र प्रहरीको टोलीले सहयोग रहेको थियो ।
औषधी फ्याक्ट्रीमा सेनिटाईजर बनाउनको लागि ट्याङकरमा ल्याइएको स्प्रिटलाई ड्रममा राख्ने क्रममा स्प्रिटबाटै आगो सल्किएको इलाका प्रहरी कार्यलय खानिखाेलाका प्रहरी निरिक्षक रुक बहादुर खड्काले जानकारी दिएका छन् ।

आगो करीब ४५ मिनेटपछी नियन्त्रणमा आएकाे थियाे ।
प्रहरीका अनुसार एक करोडभन्दा बढीको क्षती भएको प्रारम्भिक आंकलन गरिएको बताएको छ ।
प्रारम्भिक विवरण अनुसार आगलागीबाट उद्योगमा रहेको ६० लाख बराबरको स्प्रिट,७ वटा मोटरसाईकल,फर्निचर लगायत अन्य सामाग्री नष्ट भएको प्रहरी निरिक्षक खड्काले जानकारी दिनु भएको छ।
