आज नेपाली आकाशमा उल्का बर्षा हुने

Share it with you friends

काठमाडौं , ९ वैशाख । आज नेपाली आकाशमा उल्का बर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ ।

बैशाख ५ देखि सक्रिय भएको विणा उल्काबर्षा (लाइरिड मिटियोर सावर) आउँदो बुधबारसम्म सक्रिय रहने खगोलविदले बताएका छन् । आज राति १ बजेदेखि सुर्योदय हुँदा सम्म उल्का बर्षा भएको हेर्न÷देख्न सकिनेछ ।

खगोलविद् सुरेश भट्टराईका अनुसार अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिनेछ । थ्याचर नामक पुच्छ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भाई जलेर नस्ट हुँदा यो उल्का बर्षा देखिने उहाँले बताउनुभयो । थप जानकारीका लागि यहाँ क्लिक गर्न सक्नु हुन्छ । PressRelease_LyridMeteorShower2018 (2)

Leave a Reply

Your email address will not be published. Required fields are marked *