इजरायली राजदुतावासको कार्यालय काठमाडौंद्धारा नलाङ मोडेल एकेडेमीलाई सहयोग
१४ असार २०७८, सोमबार ।
इजरायली राजदुतावासको कार्यालय काठमाडौंले धादिङको सिद्धलेक गाउँपालिका वडा नं २ मा रहेको नलाङ मोडेल एकेडेमीलाई २ थान कम्प्युटर र शैक्षिक सामाग्री सहयोग गरेको छ ।

सोमबार एक कार्यक्रमका बिच संस्थाले विद्यालयका प्रिन्सिपल बलराम सिलवाललाई उक्त परिमाणको सामाग्री हस्तान्तरण गरेको हो साथै विद्यार्थीहरुलाई कृषि क्षेत्रमा समावेश गराउने उद्धेश्यले विद्यालयमा कृषि कार्यक्रम कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।
सहयोग सामाग्री लिनुहुदै विद्यालयका प्रिन्सिपल बलराम सिलवालले इजरायली राजदुतावासको कार्यालय काठमाडौंलाई धन्यवाद व्यक्त गर्नुभयो ।

 
             
             
            