इयरफोनले लियो स्कूले १३ विद्यार्थीको ज्यान

Share it with you friends

एजेन्सी । भारत उत्तर प्रदेशमा रेलको ठक्करबाट स्कूल भ्यानमा सवार १३ बालबालिकाको मृत्यु भएको छ ।

कुशीनगरमा भएको दुर्घटनामा आठजना गम्भीर घाइते भएका छन् । अधिकारीहरुका अनुसार मानवरहित रेलको आवाज बाटो पार गर्ने क्रममा स्कूल भ्यानका चालकले नसुन्दा दुर्घटना भएको हो ।

उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथ योगीले घटनास्थलको निरिक्षण गर्दै भ्यान चालकको गम्भीर लापरबाही भएको बताएका छन् । उनले दोषीलाई कडा भन्दा कडा कारबाही गर्न निर्देशन समेत दिएका छन् ।

भ्यान चालकको उमेरलाई लिएर पनि बहस सुरु भएको त्यहाँका अधिकारीले बताएका छन् ।

मुख्य मन्त्री योगीले दुर्घटनामा ज्यान गुमाएका बालबालिकाका परिवारलाई दुई दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रत्यक्षदर्शीले रेल आइरहेको जानकारी दिए पनि कानमा एयरफोन लगाएका भ्यान चालकले नसुन्दा दुर्घटना भएको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *