ऊर्जामन्त्री पुन र भारतीय राजदूतबीच भेटवार्ता, पञ्चेश्वर र अरुण तेस्रो परियोजनबारे छलफल

Share it with you friends

काठमाडौं । भारतीय राजदूत मंजिवसिंह पुरी र ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसंग शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।

भेटमा भारतीय राजदूत पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा अरुण तेस्रो परियोजना र पञ्चेश्वरलाई अघि बढाउने तयारीमा भारत रहेको जानकारी दिएको खड्काले जानकारी दिए । मन्त्री पुनले भारतीय राजदूतलाई भारतबाट आयात भइरहेको पावर ट्रेडिङको हकमा प्रतिस्पर्धा गराई सस्तोमा विद्युत आयात गर्न नेपाल ईच्छुक रहेकोे धारणा राखेका थिए ।

हाल नेपालले ४ सय मेगावाट बराबर भारतबाट बिजुली आयात गरिरहेको छ । उनले वुटवल–गोरखपुर ४ सय केभि अन्तरदेशीय प्रशारण लाइन निर्माणमा नेपाललाई सहयोग गर्न पनि राजदूत पुरीसंग आग्रह गरेका थिए ।

भेटमा राजदूत पुरीले मन्त्री पुनको प्रस्तावप्रति भारत सरकार सकरात्मक भएको र मोडालिटीको बारेमा छलफल गर्नुपर्ने प्रतिक्रिया दिए । राजदूतसँगको भेटमा ऊर्जामन्त्री पुनले पञ्चेश्वर जलविद्युत आयोजना नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *