एमालेविरुद्ध जाइलाग्न खटिए माओवादीका यी तीन भाइ
काठमाडौं, १ जेठ। एकता प्रक्रियामा रहेका एमाले–माओवादीबीच सम्बन्ध सुमधुर हुनुको साटो दूरी बढ्दै गएको अनुभूति नेता तथा कार्यकर्ताले गर्न थालेका छन् । एकता अनुपातलगायतमा कचल्टिएको एकतामा केही समयअघि प्रधानमन्त्रीको ट्वीट आएर थपियाो भने अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को भ्रमणमा एमालेले माइनस गरेको भन्दै माओवादीले चित्त दुखाएको छ ।
यद्यपी, समान्यभन्दा सामान्य विषयमा टिप्पणी गर्ने बानी गरेका माओवादी नेताहरुलाई कार्यकर्ता पंत्तिबाटै एमाले पेलानविरुद्ध जाइलाग्न आग्रह भइरहँदा समेत प्रतिक्रियाविहिन देखिएका छन् । किन ?
स्रोतका अनुसार माओवादी एकता प्रक्रियामा देखिएका असमझदारीहरुलाई बल्झाउन चाँहदैन । देखिएका असमझदारीहरु मेटाउँदै अघि बढ्न सकियोस् भन्ने चाहना प्रचण्डलगायत माओवादी नेताहरुले गरेको दावी गरिएको छ । त्यसैले महोल थप नबिगार्ने सोचअनुरुप नरम नीति अवलम्बन गरेको माओवादीका एक नेताले बताए ।
जाइलाग्ने जिम्मा तीन भाइलाई
विगतमा जर्नादन शर्मा, वर्षमान पुनलगायतका नेताहरु यसरी प्रस्तुत हुन्थे मानौं पार्टी बचाउको जिम्मा उनीहरुकै हो । तर हिजोआज विगतमा कडारुपमा प्रसतुत हुने नेताहरुको बोली खासै सुन्न छाडिएको छ । एकतापछि कर्नरमा पर्ने डरले अधिकांश नेता कार्यकर्ता एमालेविरुद्ध बोल्न डराइरहेका छन् । माओवादीका एक नेताले दिएको जानकारी अनुसार प्रचण्डले नयाँ शक्तिबाट माओवादीमा फर्किएका देवेन्द्र पौडेल, प्रवक्ता पम्फा भुसाल र नेता मणि थापालाई एमालेको प्रतिरोध गर्ने जिम्मा दिएका छन् । पार्टीको जिम्मा अनुसार नै ओलीको ट्वीट, मोदीको भ्रमणबारे उनीहरुले धारणा सार्वजनिक गरेका एक नेताले बताए । साँघु साप्ताहिकमा खबर छ ।
