कांग्रेसले भन्यो- अोलीको भारत भ्रमण सकरात्मक

Share it with you friends

काठमाडाैं‍, २६ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण स्वागत योग्य रहेको निष्कर्ष निकालेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सद्भावपुर्ण भनिएको भ्रमण स्वागत योग्य रहेको बताए ।

उनले पञ्चेश्वर आयोजना, भारतसँगको व्यापारघाटा लगायतका विषयमा भारतीय नेतृत्वसँग कुराकानी नहुनु भने चिन्ताको विषय भएको  बताए । भारतले नेपालको विषयमा खुलेर प्रसंसा गर्नु र नेपालको हितका विषयमा छलफल हुनु सकारात्मक भएको शर्माको टिप्पणी छ ।

आउने बैठकहरुमा कांग्रेसले औपचारीक रुपमा समेत प्रधानमन्त्रीको भ्रमणका विषयमा छलफल गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *