काठमाण्डौँ उपत्यकासहित २२ जिल्लामा बाढीको जोखिम

Share it with you friends

काठमाण्डौ । नवलपरासी बर्दघाट सुस्ता पश्चिम, पाल्पा र रुपन्देहीमा बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर आज यी तीन जिल्लामा बाढीको उच्च जोखिम रहेको जनाएको हो ।

पाल्पा र रुपन्देहीको तिनाउ नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ । यस्तै, अन्य १९ जिल्लामा पनि बाढीको खतरा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्व, इलाम, झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, गुलमी , अर्घाखाँची, कपिलवस्तु, दाङ र आसपास भइ बहने केही साना नदीहरुमा बाढी आउन सक्ने चेतावनी दिइएको छ ।

बिहानैदेखि देशका धेरै ठाउँमा झरी परिरहेको छ । यसले गर्दा बाढी पहिरोको जोखिम बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *