खुमबहादुरको पार्थिव शरीर आज काठमाडौँ ल्याइँदै

Share it with you friends

१७ चैत, काठमाडौं । उपचारका क्रममा शुक्रबार साँझ निधन भएका कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज नेपाल ल्याइँदैछ । कागजी प्रक्रिया पुर्‍या एर शनिबार काठमाडौँ ल्याउनेगरी तयारी भइरहेको कांग्रेस स्रोतले जनाएको छ ।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार पनि खड्काको पार्थिव शरीर नेपाल पठाउन दूतावासले अनापत्ति प्रमाणपत्र जारी गरिसकेको छ । कार्यवाहक राजदूत भरतकुमार रेग्मीका अनुसार दिल्ली प्रहरीले आवश्यक प्रकृया पुरा गर्न सामान्यतया १२ घण्टाको समय लिन्छ । शनिवार आधा दिनपछि उनको पार्थिव शरीरलाई नेपाल ल्याउने सम्भावना रहेको रेग्मीले जनाए ।

‘डेथ सर्टिफिकेट’, पूलिस रिपोर्ट र दूतावासको अनापत्ति प्रमाणपत्रलगायतका कागजातमध्ये प्रहरी प्रतिवेदनका लागि समय लाग्ने भएकोले उक्त काम निश्चित भएपछि नेपाल पठाइने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *