गल्छि गाउपालिकामा रहेको किराञ्चोक कार्कीडाँडा मा. वि. को वरपर सरसफाई तथा फूलको बगैचा निर्माण

Share it with you friends

१४ भदौ २०७६, शनिबार,
भगवान भण्डारी।
धादिङ्को गल्छि –४ मा रहेको किराञ्चोक कार्कीडाँडा माध्यामिक विद्यालयले शुक्रबार विद्यालय हाता वरपर सरसफाई एवम् फूलको विरुवा रोपेको छ । विद्यालय वरपरको वातावरण सधै स्वच्छ, सफा र रमणीय बनाउनुपर्दछ भन्ने उद्धेश्यका साथ सरसफाई र फूलको बगैचा निर्माण कार्यमा विद्यालयका शिक्षक र विद्यार्थीहरु लागिपरेको सोही विद्यालयका शिक्षक सन्तोष खतिवडाले जानकारी दिनुभयो । रोपिएका फूलहरु संरक्षण गर्न र विद्यालयको वातावरण सफा राख्न विद्यार्थीहरुले चासो राखेका छन् । कक्षा १ देखि १२ सम्म पढाई हुने उक्त विद्यालयमा करिव ४०० विद्यार्थीहरु अध्यनरत छन् ।

शैक्षिक अवस्था पनि उत्कृष्ट रहेको यस सामुदायिक विद्यालयले कक्षा १२ को नतिजा तर्फ यो वर्ष गल्छि गाउपालिकाको सामुदायिक विद्यालयहरु मध्ये उत्कृष्ट स्थान हासिल गरेको छ । पढाईका साथसाथै अतिरिक्त क्रियाकलापहरु समेत यस विद्यालयले सञ्चालन गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *