गल्छीमा नेकपा एमालेको घरदैलो, मतदाताद्धारा भव्य स्वागत

Share it with you friends

नेकपा एमालेले धादिङको गल्छीमा घरदैलो अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत हिजो वडा नम्वर १, २ र ३ मा घरदैलो अभियान सम्पन्न भएको नेकपा एमालेका प्रदेश सभा उम्मेद्धार रमेश आचार्यले जानकारी दिनुभयो ।

घरदैलो अभियानको क्रममा घरघरमा पुग्दा मतदाताले उम्मेद्धार एवं एमाले नेताहरुलाई भव्य स्वागत गरेका थिए ।

घरदैलो अभियानमा नेकपा एमाले सघिंय निर्वाचन क्षेत्र नम्वर १ का उम्मेद्धार भुमि त्रिपाठी, प्रदेश निर्वाचान क्षेत्र १(१)का उम्मेद्धार रमेश आचार्य, नेकपा एमाले बागमती प्रदेश कमिटिका सदस्य नरेश खतिवडा लगायतका एमाले नेता कार्यकर्ताको सहभागिता रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *