जब गुडिरहेको कारले बीच बाटोको डोरी नाघेर गुड्यो : फाेटाे फिचर
गाडी चलकको लापरबाहीकै कारण धेरैजसो दुर्घटना हुन्छ भन्दा अन्यथा नहोला । किनकी यो कुरा पुष्टि भइसकेको छ । विभिन्न अध्ययनले पनि चालकका कारण ८० प्रतिशत दुर्घटना हुने गरेको देखाएको छ ।

काठमाडौंको कलंकीमा पनि आइतबार दिउँसो यस्तै एउटा दुर्घटना भएको छ। चलककै लापरबाहीका कारण ठूलो दुर्घटना भयो । धन्न मानवीय क्षति भने हुन पाएन । बा ४ च १५७१ नम्बरको कारले गलत दिशाबाट ओभरट्याक गर्दा दुर्घटना भएको हो ।

प्रत्यक्षदर्शीले कारका चालकले बीच बाटोको डोरी नाघेर गलत तरिकाले ओभरटेक गर्दा दुर्घटना भएको बताएका छन । घटनाको छानबिन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।


