टोटनह्याम र ब्रिंटन बराबरीमा रोकिए
एजेन्सी, ५ वैशाख । गए राति भएको प्रिमियर लिगमा टोटनह्यामलाई ब्रिंटन एण्ड होभ एल्भियनले एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ ।
ब्रिंटनको घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले अग्रता बनाएको थियो ।
टोटनह्यामका लागि ह्यारी केनले गोल गरेका थिए । तर, च्याम्पियन्स लिगका लागि स्थान सुरक्षित बनाउन कडा प्रतिस्पर्धा गरिरहेको टोटनह्यामलाई खेलको ५० औ मिनेटमा झट्का लाग्यो जब ब्रिंटनले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो ।
टोटनह्यामको ३४ खेलमा ६८ अंक भएको छ भने लिभरपुलको ७० अंक भएको छ ।

 
             
             
            