त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरी अर्काे जहाज दुर्घटना, एयरपोर्ट बन्द

Share it with you friends

काठमाडौँ, ७ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मालिन्दो एयरको जहाज दुर्घटनामा परेको छ ।

बिहीबार राति १० बजेर १० मिनेटमा काठमाडौँबाट मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको मालिन्दो एयरको ओ डी १८१ कल साइनको जहाज रन-वेबाट चिप्लिएको हो । जहाज अन्दाजी ४० मिटर पर घाँसेमैदानमा पुगेको छ। जहाजमा रहेका सबै यात्रु सकुशल रहेको वताइएकाे छ । विमान चालकको सावधानी कारण ठूलो दुर्घटना टरेको छ । दुर्घटना पछि विमानस्थल बन्द भएको छ भने काठमाडौँ आउँदै गरेका विमानहरु लखनउ बिमानस्थलमा डाइभर्ट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *