देशका धेरै ठाउँमा वर्षा, राती पनि पानी पर्न सक्ने
काठमाडौं, ४ बैशाख । देशका धेरै ठाउँमा मंगलबार ठूलो वर्षा भएको छ ।

स्थानीय वायूसँगै पश्चिमी वायू र पूर्वी वायू सक्रिय हुँदा देशका धेरै ठाउँमा मौसम बद्ली भई पानी परेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार देशका धेरै ठाउँमा साँझ पनि वर्षा भइरहेको छ र मंगलबार राति पनि पानी पर्ने सम्भावना छ ।
मंगलबार विहान पनि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भएको थियो । तर झरी पर्न रोकिएर दिउँपो पख घाम लागेको थियो । साँझ पख फेरि बद्ली भई पानी परेको हो ।
वर्षाका कारण काठमाडौंका सडकमा पानी जमेको छ भने खोला नालामा पनि पानी सतह केही बढेको छ ।

पोखरामा सबैभन्दा धेरै वर्षा भएको छ । त्यहाँ ३८ दशमलव १ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ओखलढुँगामा १६ दशमलव ७ मिलिमिटर पानी परेको छ ।
यस्तै, काठमाडौंमा ९ दशमलव ५ मिलिमिटर पानी परेको छ ।
