धादिङको थाक्रे ४ काम्राङ मा बाटो मर्मत तथा सरसफाइ कार्यक्रम सम्पन्न ।
धादिङ थाक्रे गाउँ पालिका ४ काम्राङ मा गुम्बा टोल बाट मकवानपुर थाहानगरपालिका १२टिस्टुङ जगडाडा जोड्ने बाटो मर्मत तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। केहि दिन अगाडि आएको पानीका कारण सडक बिग्रेपछि काम्राङ छापका किसानहरुले उत्पादन गरेको तरकारी हरु थाहानगरपालिका१२ जगडडा सम्म पुराउन समस्य भएपछि उक्त बाटो निर्माण तथा सरसफाइ गरिएको हो। बाटोमा रहेको पहिरो फाल्ने, खाल्डा खुल्डी पुर्ने , झाडी बुट्यान हरु काट्ने लागाएत्को काम गरिएको थियो।

लालिगुरास कृषक समुहको सह -सचीव सुर्य बहादुर तामाङ को आगुवाइ मा सम्पन्न भएको बाटो सरसफाइ कार्यक्रम मा लालिगुरास कृषक समुहले आयोजना गरेको थियोे भने नागरिक सचेतना कृषि जिबिकोपार्जन सामुदायिक संथा र काम्राङ बृहत खानेपानी तथा सरसफाइ आयोजना को समन्वयमा उक्त कार्यक्रम भएको लालिगुरास कृषक समुहको सदस्य हिरालाल तामाङ ले देश विकास लाइ जानकारी दिनुभयो ।
