धादिङमा डेंगी बिरामीको संख्या १ हजार ९ सय ११ पुग्यो

Share it with you friends

धादिङ । धादिङ जिल्लामा डेंगी बिरामीको संख्या १ हजार ९ सय ११ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार जिल्लाका १ हजार ३४ जना पुरुष र ८ सय ८७ महिला गरी कुल १ हजार ९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ ।
डेंगी संक्रमित विरामीको पालिकागत विवरण अनुसार नीलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै १२ सय ११ संक्रमित रहेका छन भने गजुरीमा १०६ जना रहेका छन् । यसैगरी धुनिबेशीमा ८७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यस्तै गल्छीमा ८३, ज्वालामुखीमा ७७, त्रिपुरासुन्दरीमा ७२, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ५०, गंगाजमुनामा २७, थाक्रेमा १८, नेत्रावती डवजोङमा १२, रुवीभ्यालीमा १२, र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ । कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यसैविच सोमबार मात्र धादिङका थप २२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा ११ जना पुरुष र ११ जना महिला गरी २२ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *