धादिङमा डेंङ्गी संक्रमितको संख्या २ हजार नाघ्यो

Share it with you friends

धादिङ । धादिङ जिल्लामा डेंङ्गी संक्रमण हुनेको संख्या २ हजार ३९ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार १०२ जना पुरुष र ९३७ महिला गरी कुल २ हजार ३९ जनामा संक्रमण पुष्टि भएकोछ । जिल्लाका कुल संक्रमितमध्ये आधा भन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा रहेका छन ।
नीलकण्ठ नगरपालिकामा हालसम्म १ हजार २ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी गजुरी गाउँपालिकामा १ सय ६ जनामा संक्रमण रहेको छ । यस्तै गल्छी गाउँपालिमा ९६ जना, बेनिघाट रोराङ गाउँपालिकामा ९५ जना, धुनिबेशी नगरपालिकामा ९० जना, ज्वालामुखी गाउँपालिकामा ७९ जनामा संक्रमण भएको छ । यस्तै त्रिपुरासुन्दरी गाउँपालिकामा ७५ जना, सिद्धलेक गाउँपालिकामा ५५ जना, गंगाजमुना गाउँपालिकामा २७ जना, थाक्रे गाउँपालिकामा १८ जना, नेत्रावती डवजोङ गाउँपालिकामा १३ जना, रुवीभ्याली गाउँपालिकामा १२ जना र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । बुधबार मात्र धादिङमा ६९ जना डेंगीका संक्रमित थपिएका छन । बुधवार ३८ जना पुरुष र ३१ जना महिला गरी ६९ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *