धादिङको धुनिवेशी नगरपालिकाको १७औँ नगरसभा सम्पन्न ।
१०, आषाढ २०८२,धादिङ ।
धादिङको धुनिवेशी नगरपालिकाको नगरसभा तथा १७ औँ अधिवेशन सम्पन्न भएको छ । नगरप्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा भएको नगरसभामा पेश भएका प्रस्तावहरु माथी छलफल सहित पारित भएको हो। १७ औं नगर सभाले आर्थिक वर्ष २०८२÷०८३ को नीति,कार्यक्रम र बजेट प्रस्तुत गरेको छ।
नगरपालिका प्रमुख बालकृष्ण आचार्यले सभा सामु पेस गर्नु भएको नीति तथा कार्यक्रम सभाले पास गरेको हो । नीति तथा कार्यक्रम विभिन्न नारालाई समेटिएको छ । जस्तै “धुनिवेशी नगरपालिकाको सम्वृद्धिको अधार, शिक्षा,स्वास्थ्य, कृषि,पर्यटन र व्यापार सहितको पृर्वाधार ” कृषि तथा पशुपालन क्षेत्र विस्तार’ ’एक वडा एक उत्पादन’ जेष्ठ नागरिक सेवा जस्ता विषय बस्तु नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ । नीति तथा कार्यक्रमले फलफूल तथा तरकारी खेती प्रबर्धनको कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ।
त्यसै गरी नगर सभामा नगर उपप्रमुख सुरज उप्रेतीले ९५ करोड २० लाख ८५ हजार ६ सय ८ रुपैयाँको आगामि आर्थिक वर्ष २०८२÷०८३ का लागि बजेट प्रस्तुत गर्नु भएको छ ।
नगरले आर्थिक विकास तर्फ ६ करोड १३ लाख, सामाजिक विकास तर्फ ३१ करोड ७१ लाख ३५ हजार ६ सय ८ रुपैयाँ,पूर्वाधार विकास तर्फ ३८ करोड ४२ लाख ५० हजार, सुशासन तथा अन्तर सम्बन्धित तर्फ १ करोड ५२ लाख र कार्यलय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ १७ करोड ४२ लाख बजेट क्षेत्रगत रुपमा प्रस्तुत गरिएको छ ।
नगरले सामाजिक समावेशीकरण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा रोजगारी सिर्जनामार्फत समृद्ध गाउँपालिका निर्माणको योजना अघि सारेको जनाएको छ। न्याय र समानताको आधारमा सेवा प्रवाह गर्न, स्थानीय पूर्वाधार बलियो बनाउने, शिक्षा र स्वास्थ्य पहुँच वृद्धि गर्न, वातावरणीय सन्तुलन कायम राख्न तथा युवालाई रोजगारीको अवसर सिर्जना गर्न यो बजेट सक्षम र समावेशी भएको नगर उपप्रमुख उपे्रती बताउँनु भयो।