धुनिबेशी ४ मा ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण
राजाराम डंगोल, धुनिबेशी
२३ असार २०७७ । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ४ मा ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरिएको छ ।
धुनिबेशी नगरपालिकाको सहयोगमा आर्थिक वर्ष २०७६/७७ को कृषि लक्षित कार्यक्रम अन्तर्गत वडा नम्बर ४ का २० जना कृषकहरुलाई ट्याक्टर वितरण गरिएको हो ।
युवाहरुलाई कृषिमा आकर्षित गर्न र व्यावसायिक बनाउने उदेश्यले ट्याक्टर वितरण गरिएको वडा नम्बर ४ का अध्यक्ष हरिप्रसाद सुबेदीले बताउनु भयो ।
कृषिमा बिभिन्न प्रबिधि आएसंगै कृषकहरुको लागि पनि आधुनिक कृषि औजार को खाचो रहेको छ । किसानहरूलाइ खेति गर्न सजिलो होस् भन्ने उदेश्यले ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरिएको सुबेदीले बताउनु भयो ।
ट्याक्टर वितरण कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष हरिप्रसाद सुबेदी, वडा सदस्य, कृषकहरु लगाएतको उपस्थिति रहेको थियो।


