धुनिवेशी नगरपालिका वडा नं. ५ मा अचार बनाउने सम्बन्धी ७ दिने तालिम सुरु ।

Share it with you friends

 


४ असार २०८२ ।

धादिङ ः धुनिबेशी नगरपालिका वडा नं. ५ को वडा कार्यालय अमलेचौरमा महिलाहरूका लागि अचार बनाउने ७ दिने सीपमूलक तालिम सुरु भएको छ । उद्योग तथा वाणिज्य कार्यालय धादिङको आयोजना तथा धुनिबेशी नगरपालिका र वडा कार्यालयको समन्वयमा तालिम आयोजना गरिएको हो । असार ४ गते देखी १० गते सम्म सञ्चालन गरिने तालिमको आज एक कार्यक्रमका विच उद्धघाटन गरिएको हो ।

तालिमको उद्घाटन समारोहमा उद्योग तथा वाणिज्य कार्यालय धादिङबेसीका प्रमुख चुडामणि पुरी ,धुनिबेशी नगरपालिकाका उप–प्रमुख सुरज उप्रेती, वडा अध्यक्ष विशाल भट्टराई, वडा सदस्यहरू सावित्री मिजार, सरिता आचार्य, सानुकान्छा तामाङ , उद्योग तथा वाणिज्य कार्यालय धादिङबेसीका अधिकृत राजेन्द्र प्रसाद कोइराला लगायतको आतिथ्यता रहेको थियो । धुनिवेशी नगरपालिका वडा नं. ५ भित्र बसोबास गर्ने महिलाहरुलाई आत्मनिर्भर गराउने उद्देश्यका साथ सञ्चालन गरिएको तालिममा करिब ७० जना महिलाहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *