नयाँ वर्ष अनि भोका पेट : फाेटाे फिचर
काठमाडौँ, २ वैशाख । नयाँ वर्ष – सबैको चाहना हुनछ उल्लासका साथ मनाउने । रमाइलो गर्ने अनि घुमघाम गर्ने । धेरै जना नजिकदेखि टाढा टाढा सम्म घुम्न जान्छन् । तर मानिसको चहक धमक धेरै हुने यो दिन मानिसकै पुर्खा भनेर चिनिने बाँदर भने पेट भर्न नै भौतारिदै छ । दृश्य हो, काठमाडौं स्वयम्भूको । नयाँ वर्षको दिन घुम्न जानेको भीड थियो । कोही खाँदै त कोही रमाउँदै । कोही स्वयम्भूको टाढाबाट काठमाडौं खाल्डोलाई हेर्दै, भुलिदै । तर त्यहि उल्लासमाझ मानिसका पुर्खा भने भोक मेट्न रित्ता जुस र बोतल फोड्दै थए । केही, घुम्न पुगेका मानिसले केही दिन्छन् की भन्ने आशमा । खरो भोकलाई मेट्न केही बाँदर मानिसका झोला समेत खोतल्न पुगेका देखिन्थे ।





